Loading... आजः शनिबार , श्रावण १२, २०८१

बुध्दजयन्ती र कोरोना बिरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँदै दीप प्रज्वलन


विश्व शान्ति, भातृत्व र कोरोना बिरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँदै नेपालभर बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले १५६४ औं बुद्धजयन्तीका अवसरमा बिहीबार साँझ दीप प्रज्वलनका लागि आह्वान गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, “कोरोना महामारीमा जीवन गुमाउनेहरुको स्मृतिमा, बन्दाबन्दीका कारण मानसिक तनावमा परेकाहरुमा शान्तिका लागि दीप प्रज्वलन गरौं।” उहाँले सङ्क्रमितहरुको स्वास्थ्यलाभको कामनासहित कोरोना उपचारमा संलग्न योद्धाहरुप्रति समेत ऐक्यवद्धता जाहेर गर्न दीप प्रज्वलन गर्न आह्वान गर्नुभएको हो।

उहाँले लुम्बिनीलगायत चैत्य, गुम्बा, ध्यान केन्द्रहसहित घरघरमा दीप प्रज्जवलन गर्न आह्वान गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्दै भन्नुभयो, “लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो, त्यति मात्र होइन, यो बुद्ध दर्शनको उद्गमस्थल पनि हो। यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ।

Insert your Ads code here

प्रधानमन्त्री ओलीले भिडिसो सन्देश मार्फत् विश्व शान्तिको चाहनामा तड्पिरहेको विश्वमा बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक रहेको बताउनुभएको छ। विश्व शान्तिमा बुद्ध दर्शनले पुर्‍याएको योगदानलाई मनन गर्दै सन् १९९९ मा संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वैशाख दिवस (द डे अफ भेसाक) रुपमा मनाउने घोषणा गरेको थियो। नेपालले बुद्ध जयन्तीलाई लुम्बिनी दिवसका रुपमा पनि मनाउँदै आएको छ। कोरोना भाइरस सङ्क्रमण र महामारीका कारण नेपाल भ्रमण वर्ष २०२०, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, वैशाख दिवस समेत स्थगित गरिएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!