Loading... आजः शनिबार , श्रावण १२, २०८१

बेइजिङमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ


बेइजिङस्थित नेपाली दूताबासले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा मंगलबार साँझ भव्य कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा नेपालको पर्यटकीय विकासमा संलग्न चिनियाँहरुले आफ्ना गहकिला अनुभव सुनाउँदै चिनियाँ पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको बताएका छन्।

सो कार्यक्रमलाई चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले स्वागत सम्बोध गर्नु भएको छ भने नेपाली दूताबासका मिनिष्टर सुशील लम्सालले नेपालको पर्यटकीय महत्व झल्किने प्रस्तुति गर्नु भएको छ।

कार्यक्रममा विदेशी राष्ट्रका लागि बेइजिङ जनमैत्री संघका कार्यकारी उपाध्यक्ष चाङ छिआन मानार्थ अतिथि हुनुहुन्थ्यो। नेपाल अत्यन्त सुन्दर र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको भन्दै चाङले नेपाल भ्रमण वर्ष २०२० ले धेरैभन्दा धेरै चिनियाँलाई आकर्षित गर्ने बताउनुभयो। नेपाल भ्रमण वर्षकी चिनियाँ सदभावना दूत स्वी छिङले आफ्नो नेपाल भ्रमणको अनुभव सुनाउँदै नेपाल घुम्न जान सबैलाई आव्हान गर्नुभयो। प्रख्यात सगरमाथा आरोही स्या पोयु र सुन यिछ्युआनले सरमाथा आरोहणको आफ्ना अद्वित्तीय अनुभव सुनाउनु भएको थियो। सुआङ फङ र उहाँको समूहले हावामाथि चलचित्र बनाउँदाको अनुभव सुनाउनुभयो।

Insert your Ads code here

काठमाडौँबाट बेइजिङ सिधा हवाइ उडान गरिरहेको हिमालय एयरलाइन्स र एयर चाइनाले पनि नेपालको पर्यटन प्रवर्द्धन गर्ने खालको प्रस्तुति दिएका थिए भने चीनको प्रख्यात पर्यटन व्यवसाय सिट्रिपले पनि विशेष प्रस्तुति दिएको थियो। सो अवसरमा बेइजिङस्थित विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिहरु तथा चीनका विभिन्न पर्यटन व्यवसायी कम्पनीहरु सहभागी थिए। कार्यक्रममा नेपाली सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!