Loading... आजः शनिबार , श्रावण १२, २०८१

बेगनास ताल फुट्नबाट जोगाउन बाँध निर्माणले गति लियो


पोखराको बेगनासताल जलाधार संरक्षणका लागि तालको बाँध मर्मत कार्य तीव्र गतिमा अघि बढेको छ। बाँध पुरानो भएर फुट्ने सम्भावना बढ्दै गएपछि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पोखराले बेगनास ताल बाँध तथा आसपासको नहरसमेत मर्मत थालेको गोरखापत्र अनलाइनले लेखेको छ।

जलस्रोत डिभिजन कार्यालयको बेगनास सिँचाइ प्रणाली कार्यक्रमअन्तर्गत यो काम थालिएको हो। २०४६ सालमा चीनको सहयोगमा सिँचाइ कार्यालयले उक्त बाँध बनाइएको थियो। यसअघि बाँधको फेदमा पानीको सिपेज देखिएको थियो। त्यसैगरी, तालको पानीको छाललाइ छेक्न बाँधको किनारमा राखिएका ढुङ्गाहरू पनि बिस्तारै कम हुँदै जान थालेपछि बाँध फुट्ने र आसपासका बस्ती डुबानमा पर्नसक्ने सम्भावित जोखिम रोक्नका लागि मर्मत गर्न लागिएको जलस्रोत डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले बताउनुभयो।

बेगनास ताल पोखराको फेवातालपछिको ठूलो र नेपालकै सबैभन्दा गहिरो ताल हो। यो तालको सुन्दरतासमेत वृद्धि, तालमा फोहोर गर्ने क्रियाकलाप रोकिइने र पर्यटकको सुरक्षाका लागि पनि बेगनास तालको बाँध मर्मत सम्भार अति आवश्यक भएको उहाँले बताउनुभयो।

Insert your Ads code here

यहि कोरोना लकडाउनकै बीच उक्त योजना कार्यन्वयन शुरु भएको हो। बाँध मर्मतका लागि अहिले त्यहाँ भएका ढुङ्गाहरूमा अन्य ढुङ्गा पनि थप गरी जाली बिछ्याउने, ढलान गर्ने, तालको पानि निकास हुने नहरमा रेडिमिक्स गर्ने लगायतका काम भइरहेका छन्। तालको पानि निकास हने मोहोरिया, किमबेसी, खुदी बेसी लगायतका ठाउँमा रहेका नहरहरू पनि मर्मत गरिएको छ। यसका लागि गत वर्ष ठेक्का भएको थियो। कैलाश पर्वत निर्माण सेवा प्रालिले उक्त बाँध मर्मतको ठेक्का पाएर काम गरिरहेको छ।

जलस्रोत डिभिजन कार्यालय पोखराका प्रमुख आचार्यका अनुसार एक करोड २५ लाख रुंपियाँको लागतमा उक्त बाँध मर्मत सम्भार गर्न लागिएको हो। यो काम नयाँ आर्थिक वर्षको पहिलो चौमासिकभित्र सम्पन्न हुने पनि प्रमुख आचार्यले जनाउनुभयो। यो योजनाको स्थानीय अनुगमन स्थानीय बेगनास जलाधार सिँचाइ उपभोक्ता समितिले गरिरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!