Loading... आजः शनिबार , श्रावण १२, २०८१

बेल्जियमकी राजकुमारीद्वारा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण


बेल्जियमकी राजकुमारी एस्ट्रिडले तीन दिनसम्म चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेर शुक्रबार काठमाडौँ फर्कनुभएको छ। देशले पर्यटन वर्ष २०२० मनाइरहेका बेला अन्तर्राष्ट्रिय तहबाट भएको यो उच्चस्तरीय भ्रमणले चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको विश्वास गरिएको छ।

‘विना तामझाम सामान्य पर्यटक बनेर आउनुभयो, निकुञ्ज घुमेर फर्कनुभयो,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखातीले जानकारी दिनुभयो ।

राजकुमारी एस्ट्रिड निकुञ्जको मेघौली प्रवेशद्वारबाट दुई हजार रुपियाँ राजस्व तिरेर निकुञ्ज प्रवेशाज्ञापत्र लिनुभएको थियो । उहाँले दुई रात तीन दिनको बसाइमा निकुञ्जभित्र अन्य विदेशी पर्यटक जसरी नै हात्ती सफारी, डुङ्गा सफारी, जङ्गल सफारी, जङ्गल वाक आदि गतिविधिमा सरिक हुनुभएको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले जानकारी दिनुभयो।

Insert your Ads code here

मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतोले यस्ता उच्च तहका विदेशी पाहुनाको आगमनले चितवनको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

अमेरिकी पूर्वराष्ट्रपति जिम्मीकार्टरदेखि अमेरिकी पूर्वविदेशमन्त्री नेता हिलारी क्लिन्टनसम्मले निकुञ्ज भ्रमण गरेका छन्, उहाँले अगाडि थप्नुभयो, “अहिलेका जापानका सम्राट युवराज हुँदा उहाँ पनि नेपाल भ्रमणमा आएका बेला निकुञ्जमै बस्नुभएको थियो । ”

छिमेकी देश भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीदेखि नेता सोनिया गान्धीसम्मले निकुञ्ज भ्रमण गरिसकेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!