Loading... आजः शनिबार , श्रावण १२, २०८१

बैंकिङ सेवा सम्बन्धि समस्या सम्बोधन गर्न फोकल पर्सन निर्धारण


नेपाल राष्ट्र बैंकले पछिल्लो परिस्थितिमा देखिन सक्ने बैंकिङ सेवा सम्बन्धि समस्या सम्बोधन गर्नका लागि ती कार्यकारी निर्देशकलाई फोकल पर्सनको रुपमा नियुक्त गरेको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था नियमन, भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशकलाई सो जिम्मेवारी दिइएको हो।

बैंकिङ सेवा अत्यावश्यक सेवा भएकाले लकडाउनको समयमा बैंकिङ सेवा उपभोग गर्ने क्रममा समस्या आएको खण्डमा राष्ट्र बैंकले तोकेका उच्च अधिकारीलाई सम्पर्क गरेर आफ्ना बैंकिङ कारोबार सम्बन्धित समस्या समाधान गर्न सकिने कारोबार अनलाइनले जनाएको छ।

राष्ट्र बैंकले तीन कार्यकारी निर्देशकलाई फोकल पर्सनका रुपमा नियुक्त गरी उनीहरुको मोवाइल नम्बर समेत सार्वजानिक गरेको छ। राष्ट्र बैंकले वित्तीय संस्थाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन, सर्वसाधारणको जिज्ञासाको जवाफ दिन तथा सुझाव लिन र सेवाग्राहीलाई परेको समस्याको सुनुवाई गर्नका लागि कार्यकारी निर्देशकहरु देवकुमार ढकाल, बमबहादुर मिश्र र रेवती नेपालललाई जिम्मा दिएको हो।

बैंकमा रकम जम्मा गर्न वा झिक्न, ऋणको साँवा ब्याज तिर्नेलगायतका बैंकिङ कारोबारका लागि बमबाहदुर मिश्र, विप्रेषण, विदेशी मुद्रा सटही, टीटी, प्रतितपत्र तथा विदेशी विनिमय कारोबारसम्बन्धी सम्पूर्ण विषयहरुका सम्बन्धमा कार्यकारी निर्देशक मिश्र र मोवाइल, इन्टरेनट बैंकिङ, डेविट कार्य तथा क्रडिट कार्यको प्रयोग, एटिएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङ कारोबारका लागि नेपाललाई सम्पर्क गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!