Loading... आजः शनिबार , श्रावण १२, २०८१

बैक वित्तिय सहकारी कर्मचारी मञ्च गठन


बर्दिया राजापुर
चैत्र १७

राजापुरमा आज सुक्रबार बैक वित्तिय सहकारी कर्मचारी मञ्च गठन गरीएको छ ।
आज बसेको बैक वित्तिय सहकारीका कर्मचारीहरुको भेलाले अध्यक्षमा हेमराज अवस्थी, उपाध्यक्षमा हरीलाल चौधरी, कोषाध्यक्षमा निरुता सिंह, सचिबमा विनोद चौधरी, र सदस्यहरुमा जितेन्द्र लोध, उमाकान्त अवस्थी, प्रमोद चौधरी, धर्मराज बजगाई, उर्मिला चौधरी, उमादेवी घिमिरे, डम्बर कठायत, नविनराज गिरी र पुष्पराज तिमिल्सेनालाई चयन गरेको छ।
राजापुर क्षेत्रमा रहेका करीव २२ वटा लधुवित्तिय सहकारीका कर्मचारीहरुको उपस्थित रहेको थियो । कर्मचारी मञ्चका अध्यक्ष तथा मेरो माइक्रोफाइनान्स लधुवित्त वित्तिय सस्थाका प्रमुख हेमराज अवस्थीको सभाध्यक्षमा थियो ।
कर्मचारी मञ्चका अध्यक्ष हेमराज अवस्थीले केही समय देखी देखा परेका समस्या समाधान गर्न , लधुवित्त सस्था र सेवा ग्राही विचको सम्बन्धलाई राम्रो बनाउन कर्मचारी मञ्चले आगामी दिनमा राम्रो भूमिका खेल्ने बताउनु भयो ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!