Loading... आजः शनिबार , श्रावण १२, २०८१

बैठक कम गर्न राष्ट्रिय सभाअन्तर्गतका चार समितिलाई अध्यक्षको आग्रह


नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभाका चार समिति सभापतिलाई भेटेर कोरोना महामारी बढिरहेका कारण समिति बैठकहरू कम गर्न सुझाब दिनु भएको छ। सोमबार सिंहदरबारमा चार समिति सभापतिसँगको भेटमा उहाँले बैठक बस्ने अवस्था नरहेको बताउनु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले भन्नुभयो, ‘अध्यक्षसँग भेटघाट भयो। महामारीका वेला बैठक बस्न उपयुक्त हुँदैन भन्ने कुरा थियो। मैले त हाम्रो समितिको बैठक नै अब १५ दिनपछि बोलाउने सोच बनाएको छु। त्यसपछि फेरि माहौल हेरेर १५ दिनपछि बोलाउने बताएँ।’

दिगो विकास तथा सुशासन समितिले मंगलबार १ बजे बोलाएको बैठक पनि स्थगित गरेको छ। राष्ट्रिय सभाअन्तर्गत चारवटा समिति छन्, दिगो विकास तथा सुशासन, राष्ट्रिय सरोकार तथा समन्वय, विधायन व्यवस्थापन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति।

Insert your Ads code here

कोरोना महामारी बढेपछि संसदीय समितहरूको बैठक कम बस्न थालेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!