बोडो सम्झौताले आसममा नयॉं अरुणोदय हुनेछ भन्दै प्रममोदीले गरे विकास प्याकेजको घोषणा
नयॉं दिल्ली, ७ फरवरी| भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले आज उत्कट अपीलसँगै हिंसाको मार्ग अप्नाउनेहरूलाई बोडो काडरहरूले जस्तै हतियार त्यागी मूलधारामा सामेल हुन समाह्वान जनाए|
आसमको कोक्राझारमा बोडो शान्ति सम्झौतामा हस्ताक्षरको उत्सव मनाउन आयोजित समारोहमा उपस्थित जनसमूहलाई सम्बोधन गर्दै उनले यस प्रकारको आशय जाहेर गरे|
गत २७ जनवरीको दिन ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षरपछि यो प्रधानमन्त्रीको पूर्वोत्तरमा प्रथम भ्रमण थियो|
‘पूर्वोत्तर वा नक्सल क्षेत्र वा जम्मू-कश्मीरमा अझ पनि शस्त्र अनि हिंसामा विश्वा्स राख्नेहरू सबैलाई म फेरि पनि बोडो युवाहरूबाट प्रेरणा लिँदै मूलधारामा फर्किआउन अपील गर्न चाहन्छु| मूलधारामा फर्केर जीवनोत्सव मनाउन अपील गर्न चाहन्छु,’ उनले भने|
आफ्नो सम्बोधनमा उपेन्द्रनाथ ब्रह्मजी अनि रूपनाथ ब्रह्मजी जस्ता बोडो नेतृत्त्वको पनि स्मरण गरे|
बोडो शान्ति सम्झौता – सबैको साथ, सबैको विकास र सबैको विश्वाोसको प्रतीक
प्रधानमन्त्रीले अखिल बोडो विद्यार्थी सङ्घ (एबीएसयु), बोडोल्याण्ड राष्ट्रिय लोकतान्त्रिक मोर्चा (एनडीएफबी), बीटीसीका प्रमुख हाग्रामा महिलारेका साथमा आसमका राज्यपालद्वारा बोडो सम्झौताको सम्बन्धमा खेलिएको सकारात्मक भूमिकाको पनि सराहना गरे|
‘आज आसम लगायत सम्पूर्ण पूर्वोत्तरले २१ औं शताब्दीको नयॉं शुरुवात, नयॉं अरुणोदय, नयॉं महत्त्वकाङ्क्षालाई स्वागत जनाउने दिन हो| विकास अनि विश्वावस नै मुख्य आधार हो र यसलाई नै सशक्त बनाउने दिन पनि हो आज| अब हिंसाको अन्धकारले यसलाई फेरि छोप्न नदिऊँ| शान्तिपूर्ण आसम अनि भारतको नयॉं सङ्कल्पको सबै मिलेर स्वागत जनाऔं,’ उनले भने|
भारतले यसै वर्ष महात्मा गान्धीको १५० औं जन्म वार्षिकी पालन गरिरहेको परिप्रेक्ष्यमा पनि बोडो शान्ति सम्झौतामा हस्ताक्षर भारतको निम्ति धेरै महत्त्वपूर्ण रहेको उनले बताए|
‘अहिंसाको जे-जस्तो परिणाम नै किन नहोस्, त्यसलाई हामीले स्वीकार्नु पर्दछ भनी गान्धीजीले भन्ने गर्थे,’ प्रधानमन्त्रीले बताए|
बोडो शान्ति सम्झौताबारे बोल्दै प्रधानमन्त्रीले यसको फाइदा सम्पूर्ण क्षेत्रलाई हुने बताए| बोडो क्षेत्रीय परिषद्को (बीटीसी) सम्झौताअनुरूप सशक्त बनाइएको पनि उनले बताए|
‘यस सम्झौतामा सबैजना विजेता बनेका छन्, शान्ति विजेता बनेको छ र सम्झौतामा मानवता सबैभन्दा ठूलो विजेता बनेको छ,’ प्रधानमन्त्रीले भने|
बोडो क्षेत्रीय जिल्लाको (बीटीएडी) सीमाना निर्धारित गर्न आयोग गठन गरिने पनि उनले बताए|
यसका साथै प्रधानमन्त्रीले बीटीएडी अन्तर्गत कोक्राझार, चिराङ, बक्सा र उदालगढीको विकासका लागि १५ सय करोड रुपियॉं बराबरको प्याकेज पनि घोषणा गरे|
यसले बोडो संस्कृतिका साथमा शिक्षा र समग्रमा क्षेत्रको विकासमा धेरै सघाउ पुग्ने उनले बताए|
बीटीसी र आसम सरकारको विस्तारित दायित्त्वमाथि बल दिँदै प्रधानमन्त्रीले विकासको लक्ष्य सबैको साथ, सबैको विकास र सबैको विश्वा सको मन्त्रद्वारा मात्र हासिल गर्नसकिने बताए|
‘आज बोडो क्षेत्रमा नयॉं आशा, नयॉं सपना, नयॉं जोश सञ्चारित गरिएको छ र सबैको जिम्मेवारी पनि बढेको छ। मलाई विश्वास छ बोडो क्षेत्रीय परिषद्ले सबैलाई साथमा लिएर विकासको नयॉं मानक स्थापित गर्नेछ| यसले आसमलाई मात्र नभएर भारतको भावनालाई, र शक्तिशाली भारतलाई पनि बल प्रदान गर्नेछ,’ प्रधानमन्त्रीले भने|
आसम सम्झौताको अनुच्छेद ६ पनि कार्यान्वयन गर्न चाहेको बताउँदै प्रधानमन्त्रीले यसको निम्ति कमिटीको प्रतिवेदनको प्रतीक्षा रहेको बताए|
पूर्वोत्तरको महत्त्वकाङ्क्षा पूरा गर्न नयॉं पहल
पूर्वोत्तरलाई ग्रसित पार्ने विभिन्न विषयलाई सम्बोधित गर्न सरकारले नया पहल अप्नाएको पनि प्रधानमन्त्रीले बताए| यस्तो पहल क्षेत्रको महत्त्वकाङ्क्षा र भावनालाई गहिराईका साथ बुझ्नसकेको कारण नै यो सम्भव भएको बताए|
‘समस्याको समाधान सबै सम्बन्धितसँग संवेदनाका साथ चर्चा-परिचर्चा अनि वार्ताको माध्यमद्वारा खोजिएको हो| प्रत्येकलाई पराया नभएर हाम्रो आफ्नै मान्दै सम्बोधित गर्दा नै समाधान निकाल्न सकिएको हो| हामीले उनीहरूसँग वार्ता गर्यौंर र हामी सम्बन्धित रहेको बुझाउन सक्यौं| यसले उग्रवाद घटाउन धेरै सघाउ पुर्याहयो| पहिले पूर्वोत्तरमा उग्रवादको कारण हजारौंको ज्यान गएको थियो, तर आज समग्रमा स्थिति सामान्य अनि शान्तिपूर्ण छ,’ उनले भने|
देशको विकास इञ्जिन बन्नेछ पूर्वोत्तर
‘विगत तीन-चार वर्षमा करिब ३ हजार किलोमिटर सडक पूर्वोत्तरमा निर्माण गरिएको छ| नयॉं राष्ट्रिय राजमार्गहरू अनुमोदन गरिएका छन्| सम्पूर्ण पूर्वोत्तरको रेल मार्गलाई ब्रड गेजमा परिणत गरिसकिएको छ| यसका साथै नयॉं शिक्षण, कौशलका साथमा खेल संस्थानको माध्यमद्वारा युवाहरूलाई सशक्त बनाउन विशेष ध्यान दिइँदैछ| यसैको अंशस्वरूप पूर्वोत्तरका विद्यार्थीहरूको निम्ति दिल्ली र बङलोरमा छात्रावास स्थापित गरिएका छन्,’ प्रधानमन्त्रीले अवगत गराए|
पूर्वाधारको अर्थ रड-सिमेन्ट मात्र होइन भन्दै यसको मानीवीय पक्ष पनि रहने गरेको र यसले जनमानसलाई उनीहरूप्रति कोही त संवेदनशील छ भन्ने महसुस गराउने पक्ष पनि रहेको बताए|
‘बोगीबिल पुल जस्ता दसकौंदेखि अधकल्चो अल्झिएका कैयौं परियोजना पूरा हुनका साथै जनमानसको सम्पर्क साधन सुगम बन्नका साथै सरकारप्रति उनीहरूको विश्वाझस पनि बढेर जॉंदछ| यस प्रकारको उत्तरोत्तर विकासले वियोगलाई संलग्नतामा परिणत गर्दछ| संलग्नता बढ्नका साथै प्रगति प्रत्येक व्यक्तिसम्म समान रूपले पुग्न शुरु हुँदा उनीहरू पनि एकबद्ध भएर काम गर्न थाल्दछन्| जब जनमानस एकबद्ध भएर काम गर्न शुरु गर्दछन्, विराट्भन्दा विराट् समस्या पनि स्वतः समाधान भएर जॉंदछ,’ प्रधानमन्त्रीले भने| (पीआइबी)