Loading... आजः शनिबार , श्रावण १२, २०८१

बौद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनका औपचारिक कार्यक्रम स्थगित


सरकारले यस वर्षको बौद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय सम्मेलनका औपचारिक कार्यक्रम स्थगित गरेको छ। तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना भने गरिने छ।
कोरोना भाइरसका कारण विश्वका अधिकांश देशसँगै नेपाल लकडाउनमा रहेका कारण सरकारले २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनका पूवनिर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको हो।कोषका अनुसार सीमित व्यक्तिको उपस्थितिमा सामान्य कार्यक्रम भने हुने देशसंचार अनलाइनले लेखेको छ।

लुम्बिनी विकास कोषले यस वर्षका लागि तय गरेका बुद्ध जयन्ती तथा बौद्ध सम्मेलनका सबै कार्यक्रम स्थगित गरेको लुम्बिनी बिकास कोषका योजना प्रमुख ई. सरोज भट्टराईले जानकारी दिनुभयो। यस वर्ष २५ वैशाखका दिन वैशाख शूक्ल पूणिर्मा तथा बौद्ध जयन्ती मनाइँदैछ। लुम्बनी विकास कोषका योजना प्रमुख ई. भट्टराईका अनुसार मायादेवी परिसरमा भिडभाड नगरी २५६४ वटा दीप प्रज्वलन गर्ने, लुम्बिनी उपस्थित भिक्षु भिक्षुणीबाट बिश्व शान्तिको कामना गर्दै पुजापाठ तथा प्रार्थना गर्ने लगायतका अनौपचारिक कार्यक्रम मात्र गरिने छ। लुम्बिनीमा वैशाख २४, २५ र २६ गते भने दीप प्रज्वलन गरिने भएको छ। कोषले बौद्ध समुदायसहित सबैलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्ध जयन्ती मनाउन आहृवान समेत गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!