Loading... आजः शनिबार , श्रावण १२, २०८१

बौद्ध सम्मेलनमा संयुक्तराष्ट्र संघका पूर्व महासचिव वानकी मुनलाई निम्त्याइने


सरकारले हरेक दुई वर्षमा आयोजना गर्दै आएको तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा तथा बुद्ध जयन्तीमा यस वर्ष संयुक्तराष्ट्र संघका पूर्व महासचिव वानकी मुनसहित २१ वटा राष्ट्रका प्रतिनिधिलाई बोलाउने भएको छ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार वैशाख शुक्ल पूर्णिमाका दिन हुने लुम्बिनीमा हुने दुई दिने कार्यक्रममा वानकी मुनसहित श्रीलंकाका राष्ट्रपति गोतबाया राजपाक्षे, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचा, म्यानमारका स्टेट काउन्सिलरलाई निमन्त्रणा गर्ने निर्णय भएको मूल आयोजक समितिका अध्यक्ष एवं पर्यटनमन्त्री योगेश भट्टराइले बताउनुभयो। उहाँका अनुसार, बुद्ध जयन्ती र तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भव्यताका साथ मनाउने नेपाल सरकारको (मन्त्रिपरिषद्) को माघ २० गतेको निर्णय अनुसार यो कार्यक्रममा विदेशी पाहुनाहरुलाई बोलाउन लागिएको कान्तिपुर अनलाइनले जनाएको छ।

‘मेरो (मन्त्री) तह वा प्रधानमन्त्री तथा राष्ट्रपति तह हस्ताक्षर गरेर निम्तो पठाउनुपर्ने हुन्छ विदेशी पाहुनाबारे चाँडै निर्णय गर्नुहोला,’सोमबार मन्त्रालयमा आयोजित मूल आयोजक समितिको पहिलो बैठकमा मन्त्री भट्टराईले उपसमितिका संयोजक तथा सदस्यहरुलाई भन्नुभयो, ‘कार्यक्रम हुन अढाइ महिना बाँकी छ यो समय हामी नेपालीका लागि धेरै हो तर विदेशीहरुका लागि कमै हो ढिलाइ नगर्नुहोला।’

Insert your Ads code here

आयोजकले १८ वटा मुलुकका संस्कृति तथा धार्मिक मामिला मन्त्रीलाई निम्त्याउँदै छ। मन्त्रीले बजेट सरकारसँग माग गरिएको तर विनियोजन भइनसकेको बताउँदै यो कार्यक्रमका लागि नेपाल भम्रण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोषबाट रकम विनियोजन हुने बताउनुभयो। यो कार्यक्रमा लुम्बिनीमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शिलान्यास गरिएको ५ हजार व्यक्ति क्षमताको सभा हलमा हुनेछ।

कार्यक्रमको उद्देश्य बृहत्तर लुम्बिनी विकास क्षेत्रलाई अन्तर्राष्ट्रिय बुद्धिष्ट हबका रुपमा विकास गर्ने, लुम्बिनीलाई विश्वकै आध्यात्मिक केन्द्रका रुपमा स्थापना गर्ने लगायतका ८ वटा रहेका छन्।

वैशाख २० गते हुने कार्यक्रमको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवै रहने आयोजकले जनाएको छ। यो कार्यक्रमले नेपालले घोषणा गरेको पर्यटन वर्षलाई पनि टेवा पुग्‍ने मन्त्री भट्टराईले बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!