Loading... आजः शनिबार , श्रावण १२, २०८१

ब्याडमिन्टनमा सोनपुर प्रथम


राजापुर, २९ साउन २०७८

अन्तराष्ट्रिय युवा दिवश तथा थारु समुदायको गुरिया पर्वको अवसरमा युनिक स्पोटर््स् क्लब जोतपुरले ब्याडमिन्टन टुनामेन्ट सम्पन्न गरेको छ । राजापुर नगरपालिका वडा नं. २, जोतपुर, बर्दियामा आयोजित सो टुनामेन्टमा राजापुर नगरपालिका र गेरुवागाउँपालिकाका १८ खेल समूह प्रतिस्पर्धामा उत्रेका थिए ।

Insert your Ads code here

रात्रीकालिन ब्याडमिन्टन प्रतियोगितामा राजापुर नगरपालिका वडा नं. १ सोनपुरका सुरेश चौधरी र चन्द्र ठाडा मगरको समूह प्रथम, गेरुवा गाउँपालिका वडा नं. १, शान्ति बजारका राजेश थारु, जीवन कडायतको समूह दोस्रो, राजापुर नगरपालिका वडा नं. २, जोतपुरको युनिक स्पोर्ट्स् क्लबको सोम डेमनडौरा र कृष्ण थारु बर्कु थारु समूह तेस्रो र गेरुवा गाउँपालिका वडा नं. २ जनकनगरका तिलकराज थारु र रुपेश थारुको समूह चौथो भएको छ । समग्र खेलको समग्र मुल्याङ्कन गर्दा राजापुर नगरपालिका वडा नं. १ का सुरेश चौधरीलाई खेलका उत्कृष्ट खेलाडीको रुपमा छनौट गरिएको थियो ।

प्रथम समूहलाई रु. २५००, द्धितीय समूहलाई रु. १५०० र उत्कृष्ट खेलाडीलाई रु. ५०० का साथै प्रमाण पत्रले जोतपुरका बरघर बीरेन्द्र दहित, युवा नेता सिताराम थारु र युनिक स्पोर्ट्स् क्लबका अध्यक्ष राम स्वरुप थारुले पुरष्कृत र सम्मानत गरेका थिए ।

समापन कार्यक्रममा युवा नेता सिताराम थारुले युवामा खेलप्रतिको आकर्षण बढाउनुले शारिरीक र मानसिकरुपमा स्वस्थ रहनुका साथै कुलतबाट छुट्कारा पाउने भएकाले नियमित खेल्नुपर्नेमा जोड दिए । यसैगरी कार्यक्रमका सभाध्यक्ष तथा युनिक स्पोर्ट्स् क्लबका अध्यक्ष रामस्वरुप थारुले सानो समयको आवह्वानमा अनुशासित र सक्रिय सहभागी जनाएकोमा धन्यवाद दिएका थिए । सोम डेमनडौरा द्धारा सञ्चालित सो कार्यक्रममा टाई सिटर विनोद घिमिरे, एम्पाएर राज कुमार बस्नेत, जोतपुरका बरघर बीरेन्द्र दहित लगायतले शुभकामना तथा बधाई मन्तव्य दिएका थिए । युनिक स्पोर्ट्स् क्लब द्धारा सञ्चालन गरिएको यो प्रथम टुनामेन्ट हो ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!