Loading... आजः शनिबार , श्रावण १२, २०८१

भक्तपुरको क्वारेन्टाइनमा रहेका नेपाली २१ गते घर फर्किने


कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको उहानबाट उद्धार गरी यही ४ गते भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको स्वास्थ्य परीक्षण एवं नाक र घाँटीको स्वाब सङ्कलन गरिएको छ। खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ नेपाली र नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाल वायुसेवा निगमको जहाजका चालकदलसहित १८ को क्वारेन्टाइनमा राखिएको आज १४औँ दिनमा नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिनुभएका नेपाली सेनाका सहसेनानी डा नवीन फुँयालले जानकारी दिनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

यसअघि यही ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिमपटक आज फेरि सबैको राष्ट्रिय प्रयोगशालाको टोलीले नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि लगेको उहाँले जानकारी दिनुभयो।

सङ्कलन गरिने स्वाब नमूना परीक्षणको रिपोर्ट आउन करिब तीन दिन लाग्ने भएकाले परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण भएको नदेखिएमा आगामी २१ गते उनीहरुलाई घर फर्काउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!