Loading... आजः शनिबार , श्रावण १२, २०८१

भत्कियो साक्योङ पेन्तोकलाई जोड्ने मानताम झीलको बाँसको फड्के, जिल्ला प्रशासनले गऱ्यो निरिक्षण


जङ्गु , 11 जुलाई। उत्तर सिक्किमको जङ्गु निर्वाचन क्षेत्रको अप्पर जङ्गु मानताम झीलमा निर्मित बाँसको फड्के भत्किएपछि साक्योङ पेन्तोक ग्राम पञ्चायत एकाई सम्पर्कहीन बनेको छ। यसबारेमा जिल्लापाल तेञ्जिङ टी काल्योन, सत्तारूढ एसकेएम पार्टीको जङ्गु समष्टि प्रभारी छुङकिपु लेप्चा, बीडीओ टोम्पो भोटिया, पञ्चायत, जिल्ला पञ्चायत, सडक तथा पूल विभागका अधिकारीगणले भ्रमण गरेका छन्। कनका नदीमा बनिएको उक्त बाँसको फड्के हिज राति भत्किएपछि फड्केले जोड्ने गाउँका मानिसहरूको जीवनरेखा मेटिएको छ।

जिल्लापालले भोलिदेखि नै यहाँ सस्पेन्सन फुट ब्रिज बनाउने निर्देशन जङ्गुका बीडीओलाई दिइएका छन्। समष्टिको अन्तिम गाउँ जहाँ मानिसहरूको बसोबासो रहेको साक्योङ पेन्तोक अहिले धेरै प्रभावित बनेको जिल्लापाल काल्योनले बताए। आपतकालीन अवस्था आएको खण्डमा हवाई मार्गबाट आवश्यक सामान झार्नुपर्ने भएको बताए।

Insert your Ads code here

यसरी नै प्रभारी छुङकिपु लेप्चाले यो समस्याबारे तुरन्तै सरकारद्वारा निगरानी राखिने तथा कुनै मानिसलाई दुःख नदिने बताइऩ्। उनले तुरन्तै वैकल्पिक फुट सस्पेन्सन पुल बनाउने बताइन।

प्रभावित तिङबोङ गाउँका ओङ्दा लेप्चाले अहिले गाउँलेहरू कस्तो सङ्कटसिट जुझिरहेका छन् भन्ने बारे जानकारी गराए। तिङबोङ गाउँको स्वास्थ्य केन्द्रमा कर्मचारी नियुक्ति हुन आवश्यक रहेको अनि मगन जिल्ला अस्पताल आपतकालिन स्वास्थ्य उपचारको निम्ति तुरन्तै लान नसकिने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!