Loading... आजः शनिबार , श्रावण १२, २०८१

भन्सार महसुल बढाएसँगै विद्युतीय सवारीको आयात ठप्प


सरकारले भन्सार महसुल बढाएसँगै विद्युतीय सवारीको आयात ठप्प भएको छ । महसुल वृद्धिले व्यवसायीले जेठ १५ पछि विद्युतीय सवारी ल्याउन नसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । गत वर्षसम्म विद्युतीय सवारीमा १० प्रतिशत मात्रै भन्सार महसुल लाग्थ्यो । ०७७/७८ को बजेटमार्फत ८० प्रतिशतसम्म महसुल पुर्‍याइएको छ ।

 

५० देखि सय किलोवाटसम्मका सवारीमा ४०, सयदेखि १५० किलोवाटसम्म ५० र १५० देखि २ सय किलोवाट क्षमताका विद्युतीय सवारीमा ६० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ । कान्तिपुर अनलाइनका अनुसार २ सयदेखि ३ सय किलोवाटसम्म ७० प्रतिशत र त्यसभन्दा माथिको ८० प्रतिशत महसुल लाग्छ। ‘विद्युतीय सवारीसाधनको भन्सार वृद्धिले आयातमा प्रतिबन्ध लगाएजस्तै भएको छ,’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भन्नुभयो।’

कोभिड–१९ का कारण आयआर्जनमा कमी र आर्थिक गतिविधि न्यून भएसँगै अन्य सवारीसाधनको आयात र खरिदबिक्री घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार बजेट सार्वजनिक भएपछि हालसम्म एउटा मात्रै विद्युतीय सवारी आयात भएको छ । पेट्रोलियम गाडी भने ३ सय ३३ वटा भित्रिएका छन् । पछिल्लो समय व्यापारीले विद्युतीय सवारीसाधन अर्डर नै गर्न छाडेका छन् । विभागका अनुसार गएको आर्थिक वर्षमा ५ सय ७५ वटा विद्युतीय सवारी आयात भएका छन् । साउनमा ९१, भदौमा ४०, असोजमा ४६ र कात्तिकमा २६ वटा विद्युतीय सवारी आयात भएका थिए । सबैभन्दा बढी मंसिरमा १ सय १२ वटा साधन आयात भएको तथ्यांकले देखाउँछ । त्यस्तै पुसमा ९५, माघमा १२, फागुनमा ६, चैतमा ८, वैशाखमा ४५ र जेठमा १५ गतेसम्म ९३ वटा विद्युतीय गाडी भित्रिएका छन् ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!