Loading... आजः शनिबार , श्रावण १२, २०८१

भरतपुरको सिजी ल्याण्डमार्कद्वारा व्यवसायीलाई दियो चार महिनाको भाडा छुट


चितवनको भरपुरस्थित सपिङ मल सिजी ल्याण्डमार्कले कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ। ल्याण्डमार्क व्यवस्थापनले चैंत्रदेखि असार महिनासम्मको चार महिनाको भाडा छुट दिने निर्णय गरेको मल म्यानेजर उज्वल केसीले जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ।

यो अवधिको झण्डैं चार करोड रकम भाडा छुट दिइने म्यानेजेर केसीले बताउनुभयो। सपिङ मलमा विभिन्न व्यवसाय गर्ने ७० जना व्यवसायी छन्। सिजी ग्रूप ग्लोबलले सञ्चालन गरेको मलका प्रमुख सञ्चालक प्रतिष्ठित व्यवसायी एवम् सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको केसीले बताउनुभयो।

लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत होस् भन्ने उद्धेश्यले भाडा छुट दिइएको हो। मल व्यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बिएमसी)का सञ्चालक, व्यवसायी राजेन्द्र अर्यालले व्यवसायीको मर्का बुझेर लकडाउन अवधिभरको भाडा नलिने निर्णय भएको बताउनुभयो।

Insert your Ads code here

अर्याल भन्नुहुन्छ, ‘अहिलेको अवस्थामा व्यवसायीलाई बचाउनु ठूलो कुरा भएकोले केही समस्या भए पनि चार महिनाको भाडा मिनाहा गरेका हौं। मलका व्यवसायीहरुले व्यवस्थापन पक्षको निर्णयबाट निकै उत्साहित बनेको बताए। मलमा व्यवसाय सञ्चालन गरिरहेका विदुर पौडेलले भाडा छुटले ठूलो राहात मिलेको भन्दैं पलायनको अवस्थाबाट जोगिको बताउनुभयो।

मलका अर्का व्यवसायी पपुलर युनिसेक्स सलोनका सञ्चालक सुलभ सिग्देलले मलको भाडा छुटले धेरै राहत मिलेको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो’पसल संचालन नहुँदा धेरै तनावमा थियौं, भाडा छुटले धेरै राहत मिलेको छ।’मलका म्यानेजर उज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन्। सरकारले सपिङ कम्प्लेक्सहरु सञ्चाल नगर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको केसीको भनाइ छ।

सामाजिक दुरी, मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीको व्यवस्थालगायत स्वास्थ्य सुरक्षा सम्बन्धी अन्य मापदण्ड पूरा गरे/नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरा मार्फत सूक्ष्म रुपमा निगरानी गरे ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाएको म्यानेजर केसीले जानकारी दिनुभयो।

मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा सरसफाई गर्ने गरेको उहाँको भनाइ छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!