Loading... आजः शनिबार , श्रावण १२, २०८१

भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफालाैं: राजा ज्ञानेन्द्र


प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र रक्षाको लागि सबैलाई जुट्न आग्रह गर्नुभएको छ।

प्रजातन्त्र स्थापनाकालागि तत्कालिन राजा त्रिभुवनको योगदानको प्रशंसा गर्दै आफ्ना जिजुबाजे त्रिभुवनलाई ‘प्रजातन्त्रदाता’ भनेर सम्वोधन गर्नुभएको छ। यस्तै राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र शब्दमा मात्रै नभएर व्यवहारमा देखिनुपर्ने बताउनु भएको छ।

‘प्रजातन्त्र शब्दमा हैन कर्ममा उत्रनु पर्दछ। रुपमा हैन सारमा झल्कनु पर्दछ। प्रजातन्त्र कुनै अलंकार नामान्तर वा रुपान्तरण मात्र हैन, त्यो जीवनपद्धति र व्यवहारमा देखिनुपर्दछ।’ राजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Insert your Ads code here

‘हामी देश दर्शन र विभिन्न वैदेशिक भ्रमणमा जान्छौँ, त्यहाँ प्राय सुन्ने बुझ्ने गर्छौँ, नेपालमा प्रजातन्त्र जनजीवनको उत्थानमा उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन। केही टाठाबाठाका निमित्त मात्रै हैन, केहीको आर्थिक स्वार्थकालागि मात्र हैन, प्रजातन्त्र सबै जनता, सिंगो देशका निम्ति प्रतिफलकारी हुनुपर्दछ।’ जारी विज्ञप्तिमा उल्लेख छ।

वर्तमान राजनीतिक दललाई संकेत गर्दै राजा ज्ञानेन्द्रले सबैलाई जिम्मेवार हुन पनि आग्रह गर्नुभएको छ। साथै नेपालको भौगोलिक सामाजिक सांस्कृतिक र मौलिक मान्यतालाई बुझेर अघि बढ्न पनि सुझाव दिनुभएको छ।

‘यस अवसरमा हामी भन्दछौँ हामीले हाम्रो इतिहास नभुलौँ। वर्तमानलाई नबिर्सौँ, भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली प्रजातन्त्रिक धर्मको निर्वाह गरौँ। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन्।’ विज्ञप्तिमा लेखिएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!