Loading... आजः शनिबार , श्रावण १२, २०८१

भाइचुङ भोटिया साम्प्रदायिक र जिद्दी नेता भन्दै त्यागे पाँच वरिष्ठ नेताले हाम्रो सिक्किम पार्टी


गान्तोक, 2 जनवरी। हाम्रो सिक्किम पार्टी (एचएसपी) का कार्यकारी अध्यक्ष तथा भारतको भूतपूर्व फुटबल दलका कप्तान भाइचुङ भोटिया सिक्किमे बहुसंख्यकको विरोध तथा साम्प्रदायिक एंव एकलकाँटो जिद्दी नेता रहेको भन्दै 2018 सालमा पार्टी स्थापनाकालको संस्थापक महासचिव प्रेम कार्की समेत पाँच वरिष्ठ नेताले पार्टीबाट राजिनामा दिएको छ।

आज नै पार्टी अध्यक्षको नाममा दिइएको त्यागपत्रमा पार्टी गठनको केही समय पछि नै भाइचुङ भोटियाको जिद्दीपन र ठाउँ ठाउँमा एकतर्पी निर्णयहरू हुँदै आउनु तथा हाल साम्प्रदायक बयान र टीका टिप्पणीहरू व्याप्त बन्नु निश्चय नै प्रजातन्त्र अनि बहुसंख्यक समुदायको पक्षमा नरहेको स्पष्ट गरि झल्किएको भन्दै साम्प्रदायिकवादी संकिर्ण सोच राखेर गरिएको राजनीतिले प्रजातन्त्र फस्टाउने नभइ झन झिनो र कमजोर बनाउने निश्चित छ अनि विश्वासको राजनीतिदेखि टाडो रहने दुइमत नरहेको दाबी गरिएको छ।

भाइचुङ भोटियाको यस्तो सोच प्रति आफूहरू पार्टीमा निरन्तर रहीरहन नसक्ने निर्णय गर्दै प्रेम कार्की लगायात प्रचार सचिव पुण्य कोइराला, उपाध्यक्ष अणु भट्टराई, गत विधानसभा चुनाउका मध्य पाण्डमका उम्मेद्वार इन्द्र कुमार सुजी र छुजाचेनका उम्मेद्वार रूद्र खतिवडाले पार्टीबाट राजिनामा दिएका छन्।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!