भाजपाका राष्ट्रिय महासचिव भूपेन्द्र यादवसंग गोजमुमो टोलीको भेटघाटमा
यादवले भने ममता ब्यानर्जीले बिमल गरुङ, रोशन गिरी र अरूलाई झुटो मुद्दा लगाएर आन्दोलन दबाउदै छ
गान्तोक, 11 जनवरी। भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव भुपेन्द्र यादवले भारतमा छुट्टै राज्य गोर्खाल्याण्डको माग गरिरहेका गोर्खा जनमुक्ती मोर्चा अध्यक्ष बिमल गुरूङ, महासचिव रोशन गिरी समेत अऩ्य नेताहरूलाई पश्चिम बङ्गालका मुख्यमन्त्री ममता ब्यानर्जीले झुटो मुद्दा लगाएर आन्दोलन दबाउन कोशिश गरेको बताएका छन्। भाजपा मुख्यालय नयाँ दिल्लीमा भाजपाका राष्ट्रिय महासचिव भूपेन्द्र यादवसंग गोर्खा जनमुक्ति मोर्चाका एक शिर्षस्थ टोलीको भेटवार्ता गरेको छ, उक्त भेटवार्तामा भाजपाको “संकल्प पत्रमा” उल्लेखित गोर्खाहरूको स्थायी राजनैतिक समाधान अनि गोर्खा जाति भित्र छुटिएका जात_गोष्ठीलाई जनजातीको मान्यता दिने बिषयमा भाजपा सरकार लागी परेको अनि यस बिषयमा यथाशिघ्र ठोस् पहल गर्ने अनि आउँदो फरवरी महिना भित्रमा गृहमन्त्री अमित शाहसंग राजनैतिक भेटवार्ता गराउने प्रतिश्रुति दिइएको प्रेस बयानमा बताएको ।
उक्त गोजमुमो टोलीको अगुवाई केन्द्रिय समिति सदस्य डा आरबी भुजेलले गरेका थिए। उक्त टोलीमा केन्द्रिय समिति सदस्य कर्णेल रमेश आले, लिला कुमार गुरूङ, गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिका उपाध्यक्ष अनिल लोप्चन, केन्द्रिय कार्यकारी अध्यक्ष नोमन राई, तोप्देन भुटियाहरू उपस्थित थिए। भेटघाट पछि मिडिया सेलसंग कुराकानी गर्दै भाजपा पार्टीका राष्ट्रिय महासचिव भूपेन्द्र यादवले भने,गोर्खा जनमुक्ति मोर्चाको संघर्षलाई बंगालकी मुख्यमन्त्री अनि राज्य सरकार द्वारा कानुनको दुरुपयोग गर्दै झुटो मुद्दाहरू थोपेर आन्दोलनलाई दबाउने कुचेष्टा गरेको छ,गणतन्त्रमा यस्तो गलत नीति लोकतान्त्रिक ढाँचाको निम्ति घातक हो। मोर्चा अध्यक्ष बिमल गुरुङ्ग महासचिव रोशन गिरी अनि अन्य नेतृत्व अनि मोर्चा समर्थकहरूमाथि भएको यो अन्यायले अवश्यै न्याय पाउने छ अनि भारतीय जनता पार्टीको संकल्प पत्रमा उल्लेखित गोर्खाहरूको स्थायी राजनैतिक समाधान माथि मोदी सरकारले यथाशिघ्र पहल शुरू गर्नेछ उनले आश्वासन दिए।
तपाइँकाे प्रतिक्रिया
