Loading... आजः शनिबार , श्रावण १२, २०८१

भाजपाको संकल्प पत्रमा उल्लेखित मुद्दाहरु भाजपा सरकारले पुरा गरेरै छोड़नेछःमहासचिव सन्तोष


नयाँ दिल्ली, 6 मार्च। गोर्खा जनमुक्ति मोर्चाको शीर्षथ टोलीले भाजपाको केन्द्रिय मन्त्री एवं नेतृत्वहरुसंग भेटवार्ता गरेर उनीहरुलाई भाजपाको संकल्प पत्रमा उल्लेखित गोर्खा जातिसंग सम्बन्धित मुद्दाहरु स्पष्टसंग बुझाउने र मुद्दा फत्ते गर्ने आफ्नो तय कार्यक्रमलाई तेज बनाउँदै हिजो 5 मार्चको राती ८.३० बजे भाजपाको शीर्षथ नेता बरिष्ठ राष्ट्रिय मूल सचिव बि. एल. सन्तोषसंग भेटवार्ता गरेर एक ज्ञापन पत्र पेश गरेको छ। यस भेटवार्तामा भाजपाको बरिष्ठ नेता राष्ट्रिय सचिव बि. एल. सन्तोषले आफू भारतीय गोर्खाहरुको समस्यासँग पूर्ण अवगत रहेको र भाजपाको संकल्प पत्रमा उल्लेखित मुद्दाहरु केन्द्रमा रहेको भाजपा सरकारले पुरा गरेरै छोड़ने गोर्खा जनमुक्ति मोर्चाको शीर्षथ टोलीलाई बचन दिए।
यस भेटवार्ताको अगुवाई गोर्खा जनमुक्ति नारी मोर्चा नेतृत्व श्रीमति उर्मिला रुम्बाले गरेका थिए। गोर्खा जनमुक्ति मोर्चाको शीर्षथ टोलीमा श्रीमति रुम्बा लगायत केन्द्रिय समिति सदस्य डा. बिनु सुन्दास, अनिल लोप्चन, बिनोद खालिङ, मुकुल छेत्री र चन्दन यल्मो सामेल थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!