Loading... आजः शनिबार , श्रावण १२, २०८१

भाजपाको 12 जना विधायक एक छौं कुनै पार्टीमा जाने कुरै आउँदैनः उगेन टी ग्याछो भोटिया


गान्तोक, 20 जनवरी। भारतीय जनता पार्टी(भाजपा) का 12 विधायक मध्ये 9 जना विधायक सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीमा सामेल हुनेछन् भन्ने सामाजिक सञ्चालमा चलेको हल्लालाई लिएर तुमिन लिङ्गीका विधायक तथा पूर्व मन्त्री उगेन टी ग्याछो भोटियाले प्रतिक्रिया व्यक्त गरेका छन्। राजधानीको सियारीस्थित उनको निजी आवासमा आज पत्रकारहरूलाई सम्बोधन गर्दै विधायक भोटियाले भने, “भारतीय जनता पार्टीका 12 जना विधायक नै हामी एक छौं कोही कुनै पार्टीमा सामेल हुने कुरै छैन। न त हामीलाई एसकेएम पार्टीले सामेल हुने निम्तो दिएको छ न हामीले नै एसकेएममा जान्छौं भनेर पहल गरेका छौं। हामी भाजपामा सामेल भएर त्यस पार्टीको विधायक भइसकेपछि अन्य पार्टीमा जाने कुरै आउँदैन। सामाजिक सञ्जालमा जुन कुराहरू आउँदैछ त्यो सरासर गलत हो अनि यसमा कुनै सत्यता छैन।” राज्यवासीलाई अपिल गर्दै उनले भने, “यस्तो हल्लाको पछि राज्यवासी नलागिदिउन्, हामीले कसैला नराम्रो पनि भन्नु छैन अनि हामी अन्य कुनै पार्टीमा जानु पनि छैन। हामी भारतीय जनता पार्टीको नीति सिद्धान्त र आदर्शमा एक भएर बसेका छौ भविष्यमा पनि बस्नेछौं।”
उल्लेखनीय छ अहिले विभिन्न सामाजिक सञ्जालहरूमा भाजपाका 12 मध्ये 9 जना विधायकले उगेन टी ग्याछो भोटियाको नेतृत्वमा सत्तारूढ एसकेएम पार्टीमा जाने कम्मर कसेको उनको फोटो लगाएर प्रचार गरिएको छ। जसलाई विधायक ग्याछोले सरासर झुटो र गलत रहेको स्पष्टिकरण दिएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!