Loading... आजः शनिबार , श्रावण १२, २०८१

भाजपा नेता बरुण गान्धी सपरिवार नेपाल भ्रमणमा


भारतीय राजनीतिमा बिपक्षी कांग्रेस आईका अध्यक्ष राहुल गान्धीका भाई एवं सत्तारुढ भाजपाका नेता बरुण गान्धी सुटुक्क दुई दिने नेपाल भ्रमण सकेर फर्केका छन्। हिजो दिउँसो अपरान्ह भारतीय विमानबाट सपरिवार काठमाडौं आएका उनी आज नयाँ दिल्ली फर्किएका हुन्। उनी संजय गान्धीका सुपुत्र हुन्।

भारतीय नेताहरु नेपाल भ्रमणमा आउँदा निकै चर्चा परिचर्चा हुने गरेपनि बरुण गान्धीको भ्रमण बारे नेपाली मिडियाले कुनै जानकारी नै पाएनन्। उनी बौद्धस्थित पाँचतारे होटल हायातमा बसेका थिए। आएको साँझपख बसन्तपुर दरबार अवलोकन गरेका गान्धीले आज बिहानै प्रसिद्ध तीर्थस्थल दक्षिणकाली मन्दिर पुगेर दर्शन तथा पुजाअर्चना गरेको बताइन्छ।

त्यसलगत्तै उनी सपरिवार पशुपतिनाथ मन्दिर पुगेर विशेष पुजा गरेका थिए। सो पुजाका बेला पशुपति क्षेत्र विकास समितिका सदस्यसचिव डा. प्रदीप ढकालले उनको स्वागत तथा सत्कार गरेकाेे नेपाल बहसले लेखेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!