Loading... आजः शनिबार , श्रावण १२, २०८१

भाजपा वरिष्ट नेता तथा सांसद सुब्रमणियम स्वामीसँगकाे गाेर्खाल्याण्डका लागि महत्त्वपूर्ण हुने संकेत


१७ फेब्रुअरी २०२० का दिन भारतीय जनता पार्टीका वरिष्ट नेता तथा सांसद सुब्रमणियम स्वामीसँग गाेर्खा जनमुक्ति माेर्चा (बिमलपन्थी) का कार्यकारी अध्यक्ष डा. लाेपसाङ लामा र नारी माेर्चा नेतृ उर्मिला लामाले भेटवार्ता गर्नुभएको छ।

विगत केहि दिन अघिदेखि “गोर्खाल्याण्ड” मुद्दाप्रति आफ्नो सक्रियता देखाइरहेकाे बारेमा आजको टोलीले उहाँलाई धन्यवाद ज्ञापन गर्यो। भेटघाटको क्रममा उनी “गोर्खाल्याण्ड” मुद्दाप्रति अवगत रहेको र यस मुद्दालाई अन्तरहृदयबाट समर्थन गरेको जनाइएकाे छ। यसका साथै आँउदो रहल बजेट सेशनमा “गोर्खाल्याण्ड” मुद्दाबारे संसदमा कुरा राख्ने सांसद सुब्रमणियम स्वामीले बचन दिएकाे जनाइएको छ। दार्जीलिङमा उहाँको संस्थाद्वारा मई महिनामा एउटा सभा राख्ने जिम्मेवारसाथ बचन दिएकाे साथै “गोर्खाल्याण्ड” को मुद्दा पार नलागेसम्म आफू पछि नहट्ने बचन दिएका छन्।

भारतीय जनता पार्टीका वरिष्ट नेता तथा सांसद सुब्रमणियम स्वामी र गाेर्खा जनमुक्ति माेर्चा (बिमलपन्थी) का कार्यकारी अध्यक्ष डा. लाेपसाङ लामा र नारी माेर्चा नेतृ उर्मिला लामाबीचको भेटवार्ता गाेर्खाल्याण्ड मुद्दाका लागि महत्त्वपूर्ण भएको बुझिएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!