गान्तोक, 16 अप्रेल। अलिपूरद्वारका सांसद जोन बारलालाई बङ्गाल सरकारले कोरोनाको महामारी बीच घरैमा बस्ने चेतावनी सहित अप्रत्यक्ष गिरफ्तारी गरेपछि दार्जीलिङका लोकसभा सांसद राजू विष्टले कडा आपत्ति जनाएका छन्। उनले जोन बारलाको वर्तमान अवस्थाको भीडीयोसितै प्रेस बयान जारी गरेर हाउस एरेष्टको विरोध जनाएका छन्। सांसद विष्टले अहिले लाकिपाडा चियाबारीको बारलाको निजी घरमा झण्डै 40 जना पुलिसबल तैनात गरेर उनलाई घर बाहिर निस्किन र प्रवेश गर्न पूर्णरूपमा प्रतिबन्धित गरेको छ। विष्टले पश्चिम बङ्गाल सरकार चियाबारी मजदूरहरूलाई सुरक्षा र सेवा गर्न चुकेपछि उनीहरूको जनमतले विजयी नेतृत्वलाई समेत उनीहरूलाई सहयोग गर्न जानबाच वञ्चित गरिरहेको आरोप लगाएका छन्। उनले बङ्गालमा प्रजातन्त्र कहाँ छ भन्दै अहिले स्थानीय प्रशासन राहत कार्यमा सहयोग पुऱ्याउनु भन्दा स्थानीय जनप्रतिनिधिलाई प्रतिबन्ध लगाउनमा व्यस्त रहेको छ। उनले सांसद बारलासित आफूले टेलिफोनिक संवादगरेको अनि जसमा स्थानीय प्रशासनले तृणमूल काङ्ग्रेसका नेताहरूलाई घर-घरमा गएर जनतासँग भेटघाट गर्न र राहत वितरण गर्न पूर्ण सहयोग गरिरहेको तर आफूलाई भने घर बाहिर निस्कन समेत प्रतिबन्ध लगाएर प्रजातन्त्रलाई धजिया उडाइरहेको छ। यस्तो मानव सन्त्रासको समय तृणमूल काङ्ग्रेसलाई मात्र सहयोग गर्न प्रशासनले सहयोग दिइरहेको आरोप लगाउँदै प्रशासनको भूमिकामाथि प्रश्न चिन्ह उठाएका छन्। बङ्गालको प्रशासन नर्थ बङ्गाल मेडिकल कलेज अस्पतालबाट कोविड-19को शङ्का भएको बिरामी भाग्दा के हेरिरेहेको थियो? अर्कोतिर उनले केन्द्रीय गृहमन्त्री अनि राज्यपालले यो स्थितिलाई गम्भीरतासित लिएर सांसद बार्लालाई अवैधरूपमा गरिएको गिरफ्तारीबाट मुक्त गराउनुपर्छ।