Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

भाजपा सिक्किम एकाईले मनायो 74औं स्वतन्त्रता दिवस, गऱ्यो रक्तदान


गान्तोक, 16 अगस्त। भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाईले हिजो 74औं स्वतन्त्रता दिवस सिङ्तामस्थित पार्टी मुख्यालयमा पालन गऱ्यो। यस अवसरमा पार्टी प्रदेश अध्यक्ष डीबी चौहानको बाहुलीबाट राष्ट्रिय झण्डोत्तोलन गरेपछि उपस्थित पदाधिकारी तथा कार्यकर्तागणद्वारा राष्ट्रगान गाएर पालन गरियो। यस अवसरमा गान्तोक क्षेत्रका विधायक वाईटी लेप्चा, बीजेवाईएम सिक्किम अध्यक्ष विकास दाहाल, युवा मोर्चा पदाधिकारीगणलगायत कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

पार्टी मुख्यालयको औपचारिक कार्यक्रमपछि भारतीय जनता युवा मोर्चाको तत्वावधानमा सिङ्ताम जिल्ला अस्पतालमा रक्तदान शिविरको आयोजना गरिएको थियो। भोलण्टेरी ब्लड डोनर्स एसोसिएशन अनि गैर सरकारी संस्था साथी-सितको सहकार्यमा बीजेवाईएमद्वारा आयोजित रक्तदान शिविरमा प्रदेश भाजपा अध्यक्ष डीबी चौहान, बीजेवाईएम अध्यक्ष विकास दाहाल, युवा मोर्चा पदाधिकारीगण तथा आयोजक संस्थाहरूका स्वयंसेवकहरूले स्वेच्छापूर्वक रक्तदान गरेका थिए। उपस्थित पदाधिकारीगण एवं विधायक वाईटी लेप्चाको बाहुलीबाट सबै रक्तदाताहरूलाई बीजेवाईएमको तर्फबाट प्रमाण पत्र प्रदान गरेर सम्मान जनाइएको थियो। यस अवसरमा युवा मोर्चाको तर्फबाट प्रदेश अध्यक्ष डीबी चौहानलाई युवाहरूलाई हौसला बढ़ाउन स्वयं उपस्थित भएर रक्तदान गर्नुभएकोमा विशेष रूपमा अभिनन्दन जनाइएको थियो।

यस क्रममा पार्टी प्रदेश अध्यक्ष डीबी चौहानले स्वतन्त्रता दिवसको शुभ अवसरमा बीजेवाईएमले आयोजन गरेको रक्तदान शिविरको सराहना गर्दै पार्टी संगठनको मूल सिद्धान्त नै सेवा पुऱ्याउने रहेको र अहिले कोभिड-19 को महामारीबीच यो पहलले कसैको ज्यान बचाउनमा ठूलो योगदान पुऱ्याउने बताए। उनले सह-आयोजक संस्था अनि सिङ्ताम जिल्ला अस्पतालको ब्लड ब्याङ्कका कर्मचारीहरूप्रति सहयोगको निम्ति आभार प्रकट गरे।

Insert your Ads code here

यसै गरी कार्यक्रमको उद्देश्यबारे बोल्दै भाजपा युवा मोर्चा अध्यक्ष विकास दाहालले पार्टी प्रदेश अध्यक्ष स्वयं उपस्थित भएर युवाहरूको हौसला बढ़ाउँदै रक्तदान गर्नुभएकोमा सराहना तथा आभार व्यक्त गर्दै यसले युवाहरूलाई अझ सेवाकार्यको निम्ति प्रेरणा प्राप्त हुने आशा व्यक्त गरे। उनले आजको सेवाकार्यलाई सफल बनाउन सहयोग पुऱ्याउने सम्पूर्ण रक्तदाता, अस्पताल प्रशासन, भोलण्टेरी ब्लड डोनर्स एसोसिएशनका प्रतिनिधिगण, साथी-का प्रतिनिधिगणलगायत ब्लड ब्याङ्कका सम्पूर्ण कर्मचारीहरूप्रति आभार प्रकट गरेका छन् भनि प्रवक्ता नवीन भट्टराईले बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!