भारतले चीनसँग सीमाना १५ जुनमा भएको झडपपछि तनाब बढीरहेको समयमा चीनीया कम्पनीसगँ सम्बन्धित टिकटक सहित ५९ वटा एममाथि प्रतिवन्ध लगाएको छ।
लद्धाखमा भएको झडपमा २० जना भारतीय सेना मारिए पछि अहिले भारतमा चीनीया सफेटवेयर, चीनीया उत्पादन बहिष्कारको माग भारतमा तीव्र भएका बेला यो प्रतिवन्ध लागू गरिएको हो। यसले भारतीय सम्प्रभुता, राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको भन्दै बन्द गरिएको उल्लेख गरिएको छ। टिकटक, शेयर ईट लगायतका एप अब भारतमा खुल्ने छैन।