Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारतबाट ल्याइएका रेल अब नेपालमा गुड्दै


जनकपुर-जयनगर रूटमा चल्नेगरी शुक्रबार दुई रेल नेपाल भित्रिँदैछन्। यी रेल भारतमा मध्यम दूरीमा चल्ने रेलजस्तै आधुनिक रहेको रेल्वे विभागले जनाएको छ। विभागका अनुसार १३०० सिट क्षमताको यी रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्स्प्रेस’ कै फिचर्स छन्। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार यो रेल डिजेलबाट स्टार्ट हुन्छ। जेनेरेटरबाट पैदा भएको बिजुलीले इन्जिन चल्छ।

भारतका विभिन्न सहरमा ३०० किलोमिटरसम्म चल्ने यस किसिमका रेलहरू रहेको मिश्रले बताउनुभयो। ‘मोटामोटी मेट्रो ट्रेनको फिचर्स छ भन्न मिल्छ, मेट्रो र भारतमा चल्ने साधारण लोकोमोटिभ रेलको मिक्स फिचर्स छ,’ मिश्रले भन्नुभयो। यसमा एसीयुक्त आरामदायी सिटहरू छन्। रेलमा दुई वटा इन्जिन छन्। अगाडिको इन्जिन मुख्य हुन्छ। अगाडिकोलाई पावर कार र पछाडिकोलाई टेलर कार भनिन्छ। रेलको स्पिड प्रतिघन्टा ११० किलोमिटर हो। तर, जनकपुर-जयनगर रेल्वेको डिजाइन प्रतिघन्टा १०० किलोमिटर स्पिडको बनाइएको छ। भ्याटबाहेक ८५ करोड रुपैयाँमा यो रेल किनिएको मिश्रले जानकारी दिनुभयो। रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा चर्चित मानिन्छ। यो रेल नेपाल रेल्वे कम्पनीले चलाउँछ। आजै उसलाई विभागले रेल हस्तान्तरण गर्दैछ। अहिले यो रेल जनकपुर-जयनगर-कुर्थासम्म ३५ किलोमिटर सञ्चालन गर्ने योजना छ।आगामी दिनमा महोत्तरीको बिजेलपुरसम्म ५२ किलोमिटर चलाउने योजना छ। त्यहाँबाट पनि १७ किलोमिटर बर्दिबास चलाउने योजना रहेको सेतोपाटी अनलाइनमा खबर छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!