Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारतबीच थाती रहेका द्विपक्षीय विषयहरू कूटनीतिक संवादबाट टुङ्गो लगाउने अवसर आएको छ: प्रमअाेली


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच थाती रहेका द्विपक्षीय विषयहरू कूटनीतिक संवादबाट टुङ्गो लगाउने अवसर आएको बताएका छन्।

विराटनगरस्थित एकीकृत भन्सारचौकीको भारतीय नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने अवसर आएको छ।’

थाती विषयहरू टुंगो लगाउनका लागि सम्बन्धित मन्त्री र मन्त्रालयले कार्यसूची तयार गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल र भारत इतिहास, भूगोल र संस्कृतिका हिसाबले नजीकका छिमेकी भएका नाताले आपसी सहकार्यलाई वृद्धि गर्नुपर्ने सयम आएको छ।’ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भिडियो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सोच झैँ भारतीय प्रधानमन्त्री मोदीको ‘सबका साथ, सबका विश्वास’ को नारा रहेको उल्लेख गर्दै विगतमा आफू भारत भ्रमणमा जाँदा वीरगञ्जस्थित एकीकृत जाँचचौकी तथा पाँच महिनाअघि मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त उद्घाटन गरिएको स्मरण गरे।

Insert your Ads code here

प्रधानमन्त्री ओलीले भूकम्पछिको पुनःनिर्माण तथा हाल गोरखा र नुवाकोटमा निजी भवन निर्माणमा गरिएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो दिई शीघ्र लाभको कामना गरेकामा पनि भारतीय समकक्षीलाई धन्यवाद दिँदै आफ्नो स्वास्थ्य सुधँदै गएको जानकारी दिए। भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आउन पुनःनिमन्त्रणा दिँदै ओलीलेआफूहरु स्वागत गर्न तत्पर रहेको बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!