Loading... आजः बुधबार , मंसिर १९, २०८१

भारतमा नागरिकता संसोधन कानुनको विरोध तिब्र, उत्तर-पूर्वी दिल्लीमा 10 जनाको मृत्यु धेरै घाइते


नयाँ दिल्ली, 25 फरवरी। भारतको नागरिकता संसोधन ऐन 2019 (सीएबी) लाई लिएर चलिरहेको विरोधले अहिले पराकाष्ट नाघ्न थालेको छ। अहिले विदेशी पाहुना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सपरिवार भारतको राजधानी दिल्लीमा अतिथि सत्कार ग्रहण गरिहेको समय पूर्वोत्त दिल्ली भने हिंसामा जलिरहेको छ। सीएबीको प्रतिवादमा भएको विरोध प्रदर्शनमा आजसम्म मर्नेको संख्या 10 जना पुगेको छ। यसमा 48 जना पुलिसकर्मी घाइते भएको छ भने झण्डै 90 जना आम नागरिक घाइते भएका छन्।

दिल्ली हिंसालाई ध्यानमा राखेर केन्द्रीय गृहमन्त्री अमित साहले दिउँसो 12 बजी उच्च स्तरीय बैठक आयोजन गऱ्यो जसमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसितै दिल्लीका पुलिसका उच्च पदाधिकारीहरू पनि बैठकमा भेला भएका थिए। नागरिकता संसोधने कानुनको समर्थक र विरोधीहरूबीच भइरहेको उत्तर-पूर्वी दिल्लीमा सोमबारको हिंसामा मात्र 9 जनाको मृत्य भएको छ। आज मंगलबार मात्र मरणसन्न अवस्थामा चारजनालाई अस्पतालमा पुऱ्याएएको छ।

हिंसाको पछिल्लो कथा हेर्दा गत 22 फरवरी शनिबार राति दिल्लीको झापराबाद मेट्रो स्टेशनको मुन केही महिलाहरू धर्नामा बसेको खबर प्रकाशमा आएको थियो। जुन सामाजिक सञ्जालमा चर्चामा रहेको थियो भने त्यहाँ नागरकिता संसोधन कानुनको विरोधमा प्रदर्शन गर्न सडकमै मञ्च बनाएर मानिसहरू भेला भएका थिए।

त्यसैगरि त्यही 22 फरवरीको राति विभिन्न ठाउँमा नागरकिता कानुनको विरोधमा मानिसहरू बेला हुन थालेको थियो जुन दिल्लीको यमुनापार क्षेत्रमा भइरहेको थियो। लगभग पाँच किलोमिटरको फैलावटमा यो क्षेत्र फैलिएको छ। दिल्लीको कश्मीरि गेटदेखि सात किलमिटर टाडो सीमलपुर छ यसैसित जोडिएको जाफराबाद, मौजपुर त्यसैको छेउमा बाबरपुर हुँदै सडक यमुना बिहारतिर जान्छ अनि त्यहा घुम्दा गोकलपुरी र देब्रेतिर दुइ तिन किलमिटरको दुरीमा छ भनजपुरा यो सबै विभिन्न जाति, धर्मका मानिसहरूको बसोबासो क्षेत्र हो जहाँ हिन्दु, मुसलमान र सिखहरू बस्छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्त केजरीवालले लेफ्टिनेन्ट गवर्नरलाई अपिल गरेर कानुन व्यवस्था कायम गर्ने अपिल गरेका छन्। उनले ट्वीटरमा भनेका छन दिल्लीको केही इलाकामा अशान्ति फैलिएको परेशानी गर्ने खबर आइरहेको छ म गृहमन्त्री र लेफ्टिनेन्ट गवर्नरलाई कानुन व्यवस्था कामय गर्न अपिल गर्दछु।

मर्नेहरूमा पुलिसको हेड कन्सटेबल रतन लाल पनि रहेको छ। दिल्ली पुलिसले उत्तर-पूर्वी दिल्लीमा 144 धारा लगाएको छ। झाफराबाद, मौजपुर, सीलमपुर र चाँजबाग क्षेत्रमा पनि हिंसा भइरहेको बताइएको छ। विभिन्न ठाउँमा ढुङ्गा हानाहान र आगो झोस्ने काम भइरहेको छ भने चारैतिर आतंकको माहोल सिर्जना भएको छ।

हिंसा प्रभावित क्षेत्रमा भाजपा नेता कपिल मिश्राको विरूद्धमा प्राथमिक दर्ता गर्न डीसीपी कार्यालय पुगेको छ। मौजपुरका पार्षद नदीमले बताएअनुसार ढुङ्गामुडा गर्ने काम नागरिक संसोधन कानुनका समर्थकहरूले गरिरहेका छन्। उनले कपिल मिश्राको समर्थकहरूले डीटीसीको बसमा आगोल लगाएको अनि एउटा निजी वाहनमा पनि आगो लगाए तर दिल्ली पुलिसले तिनीहरूलाई नरोकेको देख्दा पुलिस पनि त्यसमा संलग्न रहेको देखिएको गम्भीर आरोप लगाएको छ। पुलिसले भीडलाई काबु गर्नको निम्ति लाट्ठी चार्ज गर्नु परिरहेको छ।

हिंसाको कारण धेरै पसल र व्यापारिक प्रतिष्ठानहरूमा आगो झोसिएको छ भने मुसलमानहरूको बाक्लो बस्तीमा धेरै हिंसा फैलिएको छ। हिंसाको कारणले दिल्ली मेट्रोले सुरक्षाको निम्ति आज पाँचवटा स्टेशन बन्द गरेको छ जुन झाफराबाद, मौजपु-बाबपुर, गोकुलपुरी, जोहरी एन्कलेभ र शिव बिहार रहेको छ। बाबरपुर- मौजपुर मेट्रो स्टेसन नजिक पनि ढुङ्गामुडा भएक छ भने यहाँ दुइवटा आगो लगाएको छ।

जाफराबाद इलाकामा पनि ढुङ्गामुडा भोक छ अनि विरोध प्रदर्शन गरिरहेकाहरूले आफूहरूमाथि समर्थकहरूले ढुङ्गा भेला पारेर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ।

उल्लेखनीय छ नागरिकता संसोधन कानुन बनिएपछि पूर्वोत्तर भारत लगायत बङ्गाल, दक्षिण भारत, उत्तर प्रदेश आदि क्षेत्रमा व्यापक विरोध भइरहेको छ। अहिले पूर्वोत्तर भारत, पश्चिम बङ्गाल र अन्य प्रान्तमा विरोध केही कम देखिए पनि राजधानी दिल्लीमा भने हिंसात्मक रूप लिइसकेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!