Loading... आजः बुधबार , चैत्र १२, २०८१

भारतले गऱ्यो ठूलो घोषणा कोरोनाको संक्रमण रोक्न आज मध्य रातदेखि 21 दिनसम्म सम्पूर्ण देश लक डाउन


नयाँ दिल्ली, 24 मार्च। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै आगामी 21 दिनसम्म भारतलाई पूर्ण रूपमा लक डाउन गर्ने घोषणा गरेका छन्। उनले भारतको निम्ति 21 दिन महत्वपूर्ण रहेको बताउँदै स्वास्थ्य विशेज्ञहरूको परामर्श अनुसार कम्तीमा 21 दिन धेरै महत्वपूर्ण रहेको बताए। उनले सबैलाई पूर्ण रूपमा घरैमा बसेर भाइरससित जुझ्ने अभियानलाई सहयोग गर्ने आह्वान गरे। आज मध्य रातदेखि नै सम्पूर्ण देश लक डाउन 21 दिनको निम्ति गरिने घोषणा गरेका छन्। स्वस्थ्यको निम्ति कोरोनाविरूद्ध लागिपरेका सबै स्वास्थ्य कर्मी, स्वच्छताको निम्ति काम गर्ने सबै सबैलाई सराहना गर्नुपर्ने बताए। मिडियाले सही जानकारी दिन 24 घण्टा काम गरिरहेको बताउँदै उनीहरूको निम्ति पुलिसकर्मीहरूको बारेमा पनि सोच्नुपर्ने जनतालाई आह्वान गरेका छन्। उनले आगामी 21 दिन लक डाउनलाई पालन नगरिए देश 21 साल पछि पर्ने कुरा पनि बताएका छन्। देशको स्वास्थ्य सुविधालाई सुधार गर्ने सरकारले निरन्तर फैसला लिएको अनि देशको स्वास्थ्य पूर्वाधार बलियो पार्न 15 हजार करोड़ रूपियाँको प्रावधान राखेर आवश्यक सबै साधनहरूलाई तिब्रतासित बडाउने बताएका छन्। राज्य सरकारहरूले पूर्ण रूपमा अहिलेको अवस्थामा स्वास्थ्य सुविधालाई ध्यान केन्द्रित गर्नुपर्ने निर्देश पनि दिएका छन्। मङ्गलबार राति 8 बजी राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो घोषणा गरेको हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!