Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारतले नेपाली सामान निर्यातमा अवरोध कम गर्दै


भारतको पश्चिम बंगाल सरकारले कोरोना संक्रमणको कारण देखाउँदै नेपाली उत्पादन निर्यातमा गरेको अवरोध खुकुलो बन्दै गएको छ। बंगलाको अवरोधका कारण ५ दिनदेखि नेपाल–भारत जोड्ने मेची पुलमा नेपाली सामान बोकेका ट्रक तथा कन्टेनरहरु अलपत्र थिए। सोमबार साँझ ६ ट्रक र अलैंचीका ५ ट्रक भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

पुलमा अझै १० ट्रक निर्यातको पर्खाइमा छन्। जसमा ६ चिया र ४ अलैंचीका ट्रक छन्। अम्लिसोका १३ वटा ट्रक पनि सोमबारै निर्यात भएको छ। यसअघि ९ ट्रक अम्लिसो हरियाणा निर्यात भएको थियो।

भन्सार प्रमुख विश्वकर्माका अनुसार बंगालले आफ्नो राज्य बाहिर जाने सामानलाई सहजै छाडिरहेको छ। तर, बंगालकै लागि गएका सामानमाथि कडाइ जारी छ। पूर्वी नाकामा रोकिएका नेपाली सामानबारे सञ्चारमाध्यमहरुमा समाचार आएपछि दिल्लीस्थित नेपाली दूतावासले चासो लिएको थियो। सोमबार नेपाली दूतावासका अधिकारीले बंगालका मुख्य सचिव राजीव सिन्हालाई फोनमा निर्यात व्यापारमा भएको अवरोधबारे जानकारी गराएका थिए। व्यवसायीका अनुसार मुख्य सचिव सिन्हाले पानीट्यांकी नाकामा फोन गरेर नेपाली सामान नरोक्न निर्देशन दिएपछि निर्यात खुकुलो भएको एक व्यवसायीले जनाए।

Insert your Ads code here

कान्तिपुर अनलाइनका अनुसार बंगालमा निर्यात हुने चियाप्रति भने अझै राज्य सरकार अनुदार रहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!