Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारतले प्याज निर्यात रोकेपछि नेपाली व्यवसायीहरुले चीनबाट आयात बढाउँदै


भारतले प्याज निर्यातमा बन्देज लगाएपछि नेपाली व्यवसायीहरुले चीनबाट आयात बढाएका छन्। चालु आर्थिक वर्षको ५ महिनामा चीनबाट मात्रै १० लाख किलो सुकेको प्याज आयात भएको भन्सार विभागले जनाएको छ। यस अवधिमा नेपालमा कुल १८ लाख ३५ हजार २८२ किलो सुकेको प्याज आयात भएको थियो। जसमध्ये १० लाख ६५ हजार ९१ किलो प्याज चीनबाट नेपाल भित्रिएको हो भने ७ लाख ७० हजार १९१ किलो प्याज भारतबाट।

चीनबाट प्याज किन्न पाँच महिनामा नेपालले ८ करोड २१ लाख खर्च गरेको छ। भारतबाट ३ करोड ५० लाखको मात्र प्याज किनेको छ। कालिमाटी तरकारी बजार समितिले मंगलबारका लागि भारतीय सुकेको प्याजको प्रतिकिलो मूल्य थोकमा १२८ रुपैयाँ अधिकतम् तोकेको थियो। तर खुद्रामा भारतीय प्याजको प्रतिकिलो मूल्य समितिले नै १५५ रुपैयाँ प्रतिकिलो तोकेको थियो। जबकि भारतीय प्याजको भन्सार मूल्य औसत ४५ रुपैयाँ ५५ पैसा मात्रै रहेको भन्सारको विवरणबाट देखिन्छ।

भारतीय प्याजमा भन्सार बिन्दुमा तोकिएको बिजक र बजारको मूल्यमा तीन तिहाइ बढी मूल्यअन्तर देखिन्छ। यस्तै चिनियाँ प्याज भन्सार बिन्दुमा व्यावसायीले उल्लेख गरेअनुसार ७७ रुपैयाँ ११ पैसा प्रतिकिलो छ। तर कालिमाटी तरकारी बजारले चिनियाँ सुकेको प्याजको ९८ रुपैयाँ थोक र १२५ रुपैयाँ खुद्रा मूल्य तोकेको छ। यसका अलावा उपभोक्तासम्म पुग्ने प्याजको मूल्य अझ धेरै छ। औसतमा प्याजको भन्सार बीजक र बजार मूल्यमा भारी अन्तर देखिन पुगेको अनलाइनखबरले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!