Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारतसँग दह्रो रुपमा टेबल वार्ता गर्नुपर्छ: डा. भीम रावल


नेकपाका नेता डा. भीम रावलले कालापानी र लिपुलेकको समस्या वार्ताबाटै समाधान हुने बताउनुभएको छ। उहाँले सबै प्रमाण नेपालको पक्षमा रहेकोले वार्ताबाटै समाधान हुने बताउनुभएको हो।

‘भारतसँग दह्रो रुपमा टेबल वार्ता गर्नुपर्छ। वार्ताबाट भएन भने अन्तर्राष्ट्रिय अदालतका विकल्पमा जानुपर्छ।’ पत्रकार, राजनीतिज्ञ र युवाहरुसँगको अनलाइन कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो। उहाँले वार्ताको लागि कुटनीति, सीमाका सबैपक्ष जान्ने, अंग्रेजीमा कुरा गर्नसक्ने टीम आवश्यक पर्छ। सामान्य अंग्रेजी पनि बोल्न नसक्ने, राजनीतिशास्त्र र कुटनीति पनि नजान्ने राजदूतहरु छन्, उहाँले भन्नुभयो।

डा. रावलले सीमालाई नियमन गर्न पहिला सरकारले नियमन गर्न रोक्ने प्रावधान रहेको १९५० को सन्धि हटाउन माग गर्नुभएको छ। ‘पहिला पुराना सन्धि हटाउनुपर्यो, त्यसपछि मात्र हामी हाम्रो सीमामा तारबार लगाउने कि पर्खाल लगाउने हो, त्यो काम गर्न सक्छौँ। नेपाल र भारत दुवैतिर दह्रो सरकार भएको अहिलेकै बेलामा सन्धि खारेज गर्ने निर्णय गरौँ, उहाँले भन्नुभयो।

Insert your Ads code here

नेकपाभित्रको लडाइँ पदको लडाइँ नभएको र आफूलाई मन्त्री हुने कुनै रहर नरहेको समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ। भारतको विरोध गर्दा पद नपाइने डरले नेतृत्वहरु बोल्न डराउने गरेको पनि उहाँको आरोप छ।

डा. रावलले नेपाल–भारत सीमालाई खुला सीमाना नभन्न पनि अनुरोध गर्नुभयो। बारम्बार त्यही कुरा भनिरहँदा स्थापित हुने बताउँदै खुला सीमा भन्ने शब्दलाई स्थापित गर्न नहुनेमा जोड दिनुभयाे। खुला सीमा होइन, अन्तर्राष्ट्रिय कानुनबाट नियमन नभइसकेको सीमाना हो। तर, अब त्यसलाई नियमन गर्नुपर्छ, उहाँको भनाइ थियो।

नेकपाभित्रको लडाइँ पदको लडाइँ नभएको र आफूलाई मन्त्री हुने कुनै रहर नरहेको समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ। भारतको विरोध गर्दा पद नपाइने डरले नेतृत्वहरु बोल्न डराउने गरेको पनि उहाँको आरोप छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!