Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारतिय च्यानलहरु २ दिन बन्द गरेर तमाशा देखाएर फेरि कस्को लागी खोलेको?


सरकारले अाफुलाई देशभक्त भएको नाटक देखाउँदै ईण्डियन टेलिभिजन च्यानल बन्द गराएको प्रचार गरायो। देशको प्रधानमन्त्रीकाे चरित्र खुलेअाम लिलाम गर्ने इण्डियन मिडियालाई एक महिना नबित्दै पुनः सुचारू गरेर इण्डियन दलाल भएको गतिलो उदाहरण प्रस्तुत गरेको छ।
सरकारले गरेको लज्जास्पद कार्यकाे विरोधमा सामाजिक सञ्जाल प्रयाेगकर्ता विक्रम दुलाल लेख्छन्: नेपालको दलाल, भ्रस्ट, लाचार, निरिह कमिशनखोर शासकहरुको कारणले गर्दा हामी सर्बसाधारण नेपाली जनताले टाउको उठाएर र छाती फुलाएर हिड्न नसक्ने भएका छौँ।
भारतिय च्यानलहरु 2 दिन बन्द गरेर तमाशा देखाएर फेरि कस्को लागी खोलेको?
भारतले चाइनाको apps देखी लिएर सबैथोक boycott गर्न मिल्छ भने नेपाल र नेपाली स्वाभिमान माथी प्रहार गर्ने हेपेर बोल्ने च्यानलहरु सदाको लागी बन्द गरीदिन के हुन्छ??
हामी जनताले जतीनै आफ्नो रास्ट्रको बचाउ गरे पनी, बिदेशीसंग प्रतिबाद गरे पनी यि धमिरा शासकहरुले नै घुडा टेक्न बाध्य बनाउछन।
दुनियाको बिकसित र शक्तीशाली रास्ट्रहरुसंग सहयोग मागेर आफ्नो सत्यतथ्य प्रमाणहरु देखाएर सुगौली सन्धी अघी गुमेको र पछि गुमेको अतिक्रमण भएको आफ्नो हकलाग्ने सम्पुर्ण भुभाग माग्न किन सक्दैन? 1960 को दशकमा संयूक्त रास्ट्रसंघले तयार पारेको दस्ताबेज Decolonization लाई आधार मानेर अन्तरास्ट्रिय सुप्रीम कोर्टमा मुद्दा हाल्ने हो भने पनी बिश्वले हाम्रो पक्षमा बोल्ने छ।
तर नेपालको दलालहरु भारतले दिने सहुलियत गुम्छ र आफ्नो राजनितिक जिवन समाप्त हुन्छ भन्ने डरले चुक्क बोल्दैनन, बोल्नै नपरे हुन्थ्यो जस्तो गर्छन। धिकार तिमिहरुलाई!!!

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!