भारतीय एजेण्टहरु झस्किने गरी अायाे चीनको प्रस्ताव
सीमा विवाद समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन संवाद चारपटकको प्रयासमा पनि सफल नभएपछि सत्तारुढ नेकपालाई अर्को छिमेकी चीनले छलफल गर्न प्रस्ताव पठाएको छ।
दुई देशका सत्तारुढ कम्युनिस्ट नेताहरुवीच भिडियो कन्फरेन्स जुन महिनाको पहिलो साता (आज मे २९) भित्र गर्ने प्रस्ताव चीनबाट आएको हो। चिनियाँ कम्यूनिष्ट पार्टीका बिदेश बिभाग प्रमुख सुङ्ग थाअाेले नेपालका नेतासङ्ग यस विषयमा कुराकानी गर्नुभएको छ। कुराकानीका क्रममा उल्लेखित विषयमा दुई घण्टा कुराकानी गर्ने मनसाय ब्यक्त गरेको बुझिएको छ।
केही समयअघि भिडियो कन्फरेन्समा चिनियाँ कम्यूनिष्ट पार्टीको विदेश विभाग प्रमुखले नेकपाका वरिष्ट नेता माधवकुमार नेपाल, कोभिड–१९ नियन्त्रण उच्चस्तरीय कार्यदल (सिसिएमसी) को नेतृत्व गरिरहनुभएका रक्षामन्त्री ईश्वर पोखरेलसहित केही प्रदेश मन्त्रीसङ्ग झण्डै तीन घण्टा भिडियो सम्बाद गर्नुभएको थियो। उक्त भिडियो सम्बाद र लगत्तै चिनियाँ राष्ट्रपति र नेपालका राष्ट्रपतिबीचकाे टेलिफोन सम्बाद तथा नेपालस्थित चिनियाँ राजदूतले गरेको भेटघाटले नेपाली सञ्चारमाध्यममा निकै चर्चा पाएको थियो।
भारतलाई नेपालले पटकपटक वार्ताका लागि पत्राचार तथा अनुरोध गरिरहेका बीच चीनको पक्षबाट अाँफै अग्रसर भएर वार्ता गर्ने चासो लिएर गरिएको पहलले नयाँ तरंग सिर्जना गरेको छ। एकातिर नेपाली सञ्चारमाध्यममा चीनले भारतसँग मिलेर लिपुलेकहुँदै भारत जाने ब्यापारीक मार्गकाे लागि सम्झौता गरेको, सगरमाथामा फाइभ जी काे एण्टेना जडान गरेको र सगरमाथाकाे उचाइ नापेकाे जस्ता विषयलाई महत्त्व दिइएको थियो। जसले भारतीय थिचोमिचोलाई प्रश्रय पुगिरहेकाे थियो। यस्ता चीन विरोधी गतिविधि नेपालमा भइरहेका बीच चिनियाँ कम्यूनिष्ट पार्टीका तर्फबाट नेपाललाई वार्ताको अाव्हान गरिएबाट नेपालभित्र राष्ट्रवादीको अावरणमा रहेका भारतीय एजेण्टहरु झस्किएका छन्। नेपाल सरकारले गम्भीरतासाथ जिम्मेवारीबाेध गरेको अवस्थामा चिनियाँ र नेपाली उच्चस्तरीय नेता तथा पदाधिकारीमाँझ जुन महिनाको यसै साता भिडियो सम्बाद हुनेछ।