Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारतीय गोर्खा परिसंघ र गोर्खाली सुधार सभाको संयुक्त प्रयासमा पीएम केयर्स र सीएम रिलिफमा 3लाख रूपियाँ अनुदान


देहरादुन 6 मई। विश्वव्यापी कोरोना काल “कोविड 19” को महामारीले विश्वमा हलचल ल्याएको छ। यस्तो नदेखेको,नसुनेको वैश्विक महामारीसित संघर्ष पूरा विश्वले लडिरहेको छ। यसको चपेटमा सामाजिक, आर्थिक स्थिति लडखडाउनु स्वभाविक हो। हाम्रो देश भारत पहिलो देश हो जसले विश्व स्वास्थ्य संगठनले यस महामारीलाई महामारी घोषणा गर्नु भन्दा पहिले नै यस बारे जन जनसम्म सचेत र अवगत गराई शुरुमा नै यसको रोकथाम हेतु कदम उठाएको थियो जसको सकारात्मक परिणाम हामीले देखि रहेका छौं जसको सराहना विश्वले गरिरहेको छ। सरकारले भर सक्दो पूरा शक्तिको साथ यस क्रुर संक्रमण माथि विजयी बन्नु सामाजिक,स्वस्थ,उपाचार, आर्थिक,सम्पदा सबैको ध्यान राखी अघि बडि रहेको छ।

यस आवश्यकताको समयमा, देहरादुन स्थित गोर्खाली सुधार सभा र भारतीय गोर्खा परिसंघको संयुक्त प्रयासमा, गोर्खा समुदायको उदारता सित केन्द्रीय तथा राज्य सरकारलाई (उत्तरखण्ड) वित्तीय दान स्वरुप पीएम केयर्स फण्डमा दुई लाख रूपियाँ अऩि मुख्यमन्त्री रिफिल फण्डमा 1 लाख रूपियाँ गोर्खा समुदाय,देहरादुनको तर्फबाट गत दुई मईको दिन मुख्यमंत्री,उत्तराखण्ड त्रिवेन्द्र सिंह रावतलाई चेक द्वारा पदम सिंह थापा,अध्यक्ष गोर्खाली सुधार सभा तथा कर्नल(रि०) जीवन कुमार छेत्री,अध्यक्ष द्वारा उत्तराखण्ड भेंट गरियो। यस अवसरमा सभाका वरिष्ठ उपाध्यक्ष, राजन छेत्री अनि महामन्त्री गोपाल सिंह छेत्री पनि उपस्थित थिए। उक्त राशि सुक्ष्म भए पनि देशको हितमा अवश्यै उपयोगी हुने छ। यस बाहेक गोर्खाली सुधार सभाले आर्थिक रुपले कमजोर वर्ग परिवारलाई खाद्य सामाग्री तथा मास्क वितरण गरि यो महामारीको समयमा आफ्नो यथायोग्य मदत पुर्याएको छ। यसैगरि भागोपको कार्यकारी अध्यक्ष मुनिष तामाङले
भागोप हेल्पलाइनको साथ मिलेर लाक्डाउनमा फँसेकाहरूलाई सहायता पुर्याउने गोरामुमोको निर्णय स्वागत गरेका छन्। यसरीनै, भारतभरीका विभिन्न सरकारी, गैर सरकारी, अनि सामाजिक संस्थाहरूलाई भागोपसंग मिलेर अनि भागोपको सर्व भारतीय नेटवर्कलाई प्रयोग गरी कष्टमा परेकाहरूलाई सहायता गर्ने आव्हान गरेका छन्। यसमा उनले अहिलेको समयमा राजनैतिक भिन्नता त्यागेर मानवीय सोंच राख्दै मिलेर सेवा गरौं भनि बताएका छन्। अर्कोतिर भागोप उत्तराखण्डको अध्यक्ष कर्नेल जीवन कुमार छेत्रीले पनि आफ्नो सम्बोधन राख्दै भागोपको पहलको जानकारी दिए।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!