Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारतीय पत्रकार सुधीर चौधरीले नेपाल मामिलामा गरेको ट्विट माफी माग्दै हटाए


भारतीय पत्रकार सुधीर चौधरीले नेपाल मामिलामा गरेको ट्विट हटाएका छन्। नेपाल र भारतबाट चर्को आलोचना भएपछि नेपाल मामिलामा गरेको टिप्पणी माफी मागेर हटाएका हुन्। नेपाल र भारतका हजारौँले चौधरीको अभिव्यक्तिमा आपत्ति जनाएका थिए।

जी न्युजका प्रधानसम्पादक चौधरीले नेपालमा भारतीय न्युज च्यानल प्रतिबन्धपछि नेपाल भारतीय समाचार वाचकसँग डराएको र सेनाको आवश्यकता नै नपरेको भन्दै टिप्पणी गरेका थिए। उनको टिप्पणीमा हजारौँले असहमति जनाएपछि बाध्य भएर ट्विट हटाएका हुन्।

Insert your Ads code here

ट्विट हटाउँदै उनले लेखेका छन्, ‘मैले गरेको ट्विटले नेपालका दर्शकलाई चोट पुगेको छ। भारतबाट पनि धेरैले गलत गरेको भनेर मलाई लेखेका छन्। मैले आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ। यो मञ्च अभिव्यक्तिका लागि हो कसैलाई चोट पुर्याउनका लागि होइन। त्यसैले मैले दुख व्यक्त गर्दै ट्विट हटाएको छु।’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूतलाई गलत तरिकाले प्रस्तुत गरेर जी न्युजले नै भिडियो रिपोर्ट बनाएको थियो। अन्य भारतीय सञ्चारमाध्यमले पनि नेपालविरुद्ध गलत सन्देश प्रशारण गरिरहेका छन्,काँचुली खबरले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!