भारतीय मिडिया विरुद्ध प्रेस संगठन, नेपाल र नेपाल पत्रकार महासँघको प्रेस विज्ञप्ति
नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत महामहिम होउ यान्छी विरुद्ध भारतीय सञ्चार माध्यमहरुले प्रशारण गरीरहेको समाचारप्रति प्रेस संगठन, नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै दुई देशबीचको कुटनीतिक सम्बन्धमा मात्रै होइन, दुई देशका जनताबीचको सम्बन्धमा समेत दरार पैदा गर्ने यस्ता सामाचारको खण्डन गर्दै प्रसारण रोक्नका निम्ती कुटनीतिक कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं, प्रेस संगठन नेपालकाे संयाेजक महेश्वर दाहाल र सह-संयाेजक गणेश बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमार्फत भनेको छ।
प्रेस संगठन, नेपालको प्रेस विज्ञप्ति
नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत महामहिम होउ यान्छी विरुद्ध भारतीय सञ्चार माध्यमहरुले प्रशारण गरीरहेको समाचारप्रति प्रेस संगठन, नेपालको गम्भिर ध्यानाकर्षण भएको छ।
पत्रकारिताको न्युनतम् मुल्यमान्यता समेत पालना नगरी प्रसारण गरिएको यस प्रकारको तथ्यहिन र मर्यादाहिन सामग्री जिम्मेवार पत्रकारिता मात्रै होइन, सभ्य समाजको निम्ती पनि लज्जाको बिषय हो।
यसप्रकारको समाचारको प्रसारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध रहेको प्रेस संगठन, नेपालको ठहर रहेको छ। हामी भारतीय सञ्चार माध्यमको यसप्रकारको मर्यादाहिन र अनर्गल प्रचारप्रति खेद व्यक्त गर्दै भत्र्सना गर्दछौं।
दुई देशबीचको कुटनीतिक सम्बन्धमा मात्रै होइन, दुई देशका जनताबीचको सम्बन्धमा समेत दरार पैदा गर्ने यस्ता सामाचारको खण्डन गर्दै प्रसारण रोक्नका निम्ती कुटनीतिक कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं।
यसैगरी, मिति २०७७ साल असार ३ गते नेपाल पत्रकार महासँघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छी विरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस विज्ञप्ति
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छी विरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।
भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ। भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ। महासंघ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार÷प्रसारको कडा शब्दमा भर्त्सना गर्दछ।
साथै, महासंघ प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।
तपाइँकाे प्रतिक्रिया
