Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारतीय रेल नेपालमा आउने, नेपालतर्फ जनशक्तिको अभाव


केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा भन्नुभए बमोजिम दुई महिनाभित्र नेपालमा रेल सञ्चालन हुनेछ। उहाँले त्यतिखेर ट्रयाक र लिक निर्माणको काम सम्पन्न भइसकेको र नेपाल–भारत जीटुजीमार्फत निर्माण भइरहेको रेल केही समयमै नेपाल आउने बताउनुभएको थियो।

मन्त्रीकै कुरालाई आधिकारिक मान्दा दुई महिनाभित्र जनकपुर–जयनगर रेल सञ्चालनसम्बन्धी पूर्वतयारी भने छैन। मन्त्रालय र रेल विभागले पहिलोपटक सञ्चालन हुनलागेकोले केही अप्ठ्यारो भएको बताए।

रेल विभागका महानिर्देशक बलराम मिश्रले जयनगर–जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनमा ल्याउन रेलसँगै कर्मचारी पनि भारतबाटै ल्याउन लागेको बताउनुभयो। सामान्य कर्मचारी नेपालकै हुने र सबै प्राविधिक भारतीय हुने उहाँको भनाइ छ।

Insert your Ads code here

‘प्राविधिक कर्मचारी नेपालसँग छैनन्। सबै कर्मचारी भारतबाट ल्याउने हो। नेपालीहरु सहयोगी मात्रै हुन्छन्’, उहाँले भन्नुभयो, ‘रेल हेर्ने, स्टेसन सञ्चालन गर्ने, रेल चलाउनेलगायतका कोर टेक्निकल कर्मचारी भारतबाटै ल्याउँछौँ। दुई वर्षसम्म भारतीय कर्मचारीले नै रेल चलाउँछन्।’ उहाँले २ वर्षमा नेपालले रेलसम्बन्धी दक्ष जनशक्ति तयार गरिसक्ने दाबी गर्नुभयो। रेल नेपाल आइसकेपछि पनि सञ्चालनको भने कुनै टुङ्गो भएको छैन। रेल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी ऐन तथा नियमावली बन्नै बाँकी रहेको नेपालखबर अनलाइनले जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!