Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारतीय सेनाका इस्टर्न कमाण्ड प्रमुखले भारत-चीन सीमा नाथुलाको गरे भ्रमण


गान्तोक, 29 जनवरी। भारतीय सेना को जनरल अफिसर कमाण्डिङ इन चीफ, इस्टर्न कमाण्ड लेफ्टिनेन्ट जनरल अनिल चौहानले भारत-चीन सीमा पूर्व सिक्किमको नाथुलामा तैनाथ भारतीय सेनाका जवानाहरूसित भेटघाट गरे।

उनले सेनाको हेलिकोप्टरमा लिविङ हेलेप्याडबाट प्रस्थान गरेर नाथुलामा तैनाथ जवानाहरूसित बातचीत गर्नका साथै आफ्नो तयारीहरूबारे बताए। उनले सेनाका जवानहरूलाई प्रतिकूल मौसम र शत्रुको इलाकामा पनि कडा परिश्रम र सङ्कल्पित भएर देशको सीमा रक्षमा खटिरहेकोमा खुसी व्यक्ति गर्दै उनीहरूको कार्यको सराहना गरे।

उनी साँझमा 17ओं माउन्टेन डिविजनका मुख्यालय लिविङ गान्तोक आइपुगेर सिक्किमका चारै जिल्लाका भुतपूर्व सैनिकहरूलाई भेटघाट गरे। उनले भूतपूर्व सैनिकहरूको पेन्सन र सीएसडीका विभिन्न मुद्दाहरूबारे चर्चा गरेको भूतपूर्व सैनिकका सूत्रले बताएको छ।

उल्लेखनीय छ इस्टर्न कमाण्डको मुख्यालय कोलकत्ताबाट उनी गत 27 जनवरीको दिन सुकुना त्रिशक्ति कोरको मुख्यालय हुँदै 28 जनवरीको दिन उत्तर सिक्किमको भारत-चीन सीमाको भ्रमण गरेर फर्किएर साँझमा सिक्किमका राज्यपाल गंगा प्रसादसित सौहार्दपूर्ण औपचारिक भेटघाट गरेका थिए। उनी भोलि कलकत्ता फर्किने छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!