Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

भारतीय सेनाद्वारा नाथुला झड़पको 53औं वर्षगाँठ पालन


गान्तोक, 11 सितम्बर। भारतीय सेनाले भारत-चीन सीमाको नाथुला भञ्ज्याङमा आज भन्दा 53 साल अघि भएको झड़पको संस्मरण गर्दै सेरेथाङ युद्ध स्मारकणा वर्षगाँठ पालन गऱ्यो। सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल पि कोङसाईद्वारा जारी बयानमा भनिए अनुसार नाथुला झड़पको 53औं वर्षगाँठ शेरेथाङ युद्ध स्मारकमा जनरल अफिसर कमाण्डिङ ब्ल्याल क्याट डिविजन साथै अन्य सबै ऱ्याङ्कका अधिकारहरूको उपस्थिति थियो। यस अवसरमा युद्ध स्मारकमा सहीदहरूलाई नमन गर्दै माल्यार्पण गरिएको थियो।
उल्लेखनीय छ 1967 मा नाथुला झड़प भारतीय सेनाले प्रस्तुत गरेर उल्लेखनीय योगदानको कथा हो। जसमा भारतीय सेनिकले पीएलए चिनियाँ सेनाद्वारा अकारणमा शुरु गरिएको झमेलाको दृढ़तासित सामना गरेको इतिहास बोकेको छ। भारतीय सेनाका सैनिकहरूले यो महत्वपूर्ण भञ्ज्याङको सफलतापूर्वक रक्षा गर्न सफल भएका थिए भने अद्वीतिय बहादुर र सहासको प्रदर्शन गरेको बताइऩ्छ। उक्त झड़पमा भारती सेनाले दिएको सर्वोच्च बलिदानलाई याद गर्दै जीतको उत्सव मनाउने परम्पराको रूपमा प्रत्येक साल यो सम्मान समारोह आयोजन गर्ने गरेको छ। भारतीय रक्षा मन्त्रालयले दिएको रिपोर्टमा उक्त झड़पमा 340 पीएलएका सैनिक मारिएका थिए भने 450 घाइते भएका थिए त्यसै गरि भारतको 88 जवान सहीद बनेका थिए भने 163 जना घाइते भएका थिए। अर्कोतिर पिएलएले जारी गरेको रिपोर्टमा भने 32 जना चिनियाँ सैनिक मारिएको अनि 65 जना भारतीय सैनिक मारिएको दाबी छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!