भारतीय सेना प्रमुख नाराभान वरैबाट फर्किए
फाइल तस्बिर
केही दिनदेखि भारत र चीनको सीमाक्षेत्र लद्दाखस्थित दुई देशका सेनाबीच तनाब बढिरहेको छ। गतसातादेखि चीन र भारतको सीमावर्ती क्षेत्रमा तनाव बढिरहेको देखिएको छ। भारतीय मिडियाले लद्दाखस्थित सिमानामा चिनियाँ सेनाको घुसपैठ भएको बताउँदै आएका छन्। खासगरी गलवान नदी क्षेत्रमा पर्ने सीमाका तीन स्थानमा चिनियाँ सेना सक्रिय भएको अाराेप लगाउँदै भारतीय सेना अत्तालिएकाे छ।
भारतीय सेना प्रमुख एमएम नाराभान यही शुक्रबार पूर्वी लद्दाखस्थित सिमानाको अवस्था बुझ्न भन्दै लेह क्षेत्रमा पुगेका छन्। सेना प्रमुख उक्त स्थानमा पुगेको लगत्तै चिनियाँ विदेश मन्त्रालयले लेह क्षेत्र चीनको भूमि भएको प्रतिक्रिया दिएको छ। चिनियाँ भूमिमा लामो समयदेखि भारतले अतिक्रमण गर्ने दुष्प्रयास गरिरहेकाे छ।
गत साता भारतीय सेना चिनियाँ सीमाक्षेत्रमा घुसपैठ गर्ने दुष्प्रयास गरेपछि गस्तीमा रहेका चिनियाँ सेनाले राेकेकाे थियो। यसलाई नै निहुँ बनाएर भारतीय सेनाले बाधा पुर्याएको अाराेप लगाउँदै दुष्प्रचार गरिरहेकाे छ। अाफ्ना वरिपरिका छिमेकीको सीमा अतिक्रमण गर्ने दुष्ट बानी अपनाएको भारतले अर्काको जमिनमा कब्जा गर्ने र निहुँ खाेज्ने गर्दै अाएकाे छ।
भारत र चीनका फौजहरुबीच प्योंग्यांग त्सो लेकस्थित केहीअघि भनाभन भएको थियो। साथै भारतीय पक्षले त्यस लगायत तीन स्थानमा आफ्नो भूमि चीनले कब्जा गरेको झुठो अाराेप लगाउँदै अाएकाे छ। भारतीय सेनाको हस्तक्षेप राेक्न चिनियाँ सिपाहीहरुले सीमा क्षेत्रमा गस्ती गरिरहेकाे छ। जहाँ तीनै स्थानमा ८ सय देखि १ हजार चिनियाँ सिपाही तैनाथ भएको बुझिएको छ। भने भारतीय सेना प्रमुख एमएम नाराभान उक्त स्थानभन्दा निकै वरैबाट फर्किने तयारीमा रहेको बताइएको छ।
तपाइँकाे प्रतिक्रिया
