Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

भारतीय हस्तक्षेपकाे विरोधमा प्रदर्शन गर्नेलाई प्रहरीद्वारा पक्राउ


भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेको युवाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

नाराबाजी गर्दै माइतिघर पुगेका युवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको हो। उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ। भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी’ गरेका थिए।

यस्तै भारतीय दुतावास अगाडी प्रदर्शनका लागि पुगेका विद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ। लैनचौरमा रहेको दुतावास अगाडी प्लेकार्ड सहित प्रदर्शन गर्न पुगेका सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो।

Insert your Ads code here

यसैगरी शंखपार्क अगाडि भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा पत्रकारहरुसँग अाफ्ना भनाइ सार्वजनिक गरिरहेका पूर्व एअाईजीपी ठाकुर माेहन श्रेष्ठ, पूर्व ब्रिगेडियर जनरल डा. प्रेमसिंह बस्न्यात र अभियन्ता अनिल याेगीलाई प्रहरीले बाेल्नै नदिइ पक्राउ गरेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!