Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारतीय हस्तक्षेप र अाक्रमण विरुद्ध साना राजनीतिक दलहरूले जारी गरे विज्ञप्ति


केही साना राजनैतिक दलहरूको यही जेठ ३ गते बसेकाे बैठकले भारत सरकारले मानसरोवर पुग्ने चिनियाँ बाटोसंग जोडिने गरी चीनको तिब्बत पुग्ने सडकको २२ किलोमीटर नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीदेखि कालापानी हुँदै लिपुलेकको हाम्रो भूमिभित्र बाटो निर्माण गरेको समाचारले स्तब्ध बनाएको उल्लेख गर्दै स्वतन्त्रता, सार्वभाैमसत्ता र अखण्डता माथिको नाङ्गो हस्तक्षेप र आक्रमण भएको जनाएको छ। र भनेको छ: यो भारत सरकारद्वारा हालै गरिएको नेपाली भूमि कब्जाको दोस्रो निन्दनीय कडी हो। प्रस्तुत छ जारी विज्ञप्तिकाे पूर्ण पाठ:          

प्रेस बिज्ञप्ति
ने.का. (वी.पी.) को केन्द्रिय कार्यालयमा २०७७ साल जेष्ठ १ गते बसेको बिभिन्न राजनैतिक दलहरूको बैठकले भारत सरकारले मानसरोवर पुग्ने चिनियाँ बाटोसंग जोडिने गरी चीनको तिब्बत पुग्ने सडकको २२ किलोमीटर नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीदेखि कालापानी हुँदै लिपुलेकको हाम्रो भूमिभित्र निर्माण गरेको समाचारले हामीलाई स्तब्ध बनाएको छ। यो हाम्रो स्वतन्त्रता, सार्वभाैमसत्ता र अखण्डता माथिको नाङ्गो हस्तक्षेप र आक्रमण हो। यो भारत सरकारद्वारा हालै गरिएको नेपाली भूमि कब्जाको दोस्रो निन्दनीय कडी हो।

स्मरण रहोस्, भारत सरकारले नेपालका सार्वभाैम क्षेत्रहरू – लिम्पियाधुरा, कालापानी र लिपुलेकको करिव ३९५ वर्ग कि.मि. भूमि भारतको सार्वभाैम भूमि हो´भनी कार्तिक २१, २०७६ सालमा घोषणा गरेको अर्थात् नेपाली भूमि कब्जा गरेको थियो। त्यसको ६ महिना पछि २०७७ सालको बैशाख २६ गतेका दिन भारत सरकारले नेपाली भूमिभित्र उक्त सडक बनाएको सार्वजनिक गरेको छ, जो उत्तिकै निन्दनीय छ।

Insert your Ads code here

नेपाल प्राचीन कालदेखि नै स्वतन्त्र र सार्वभौम सत्तासम्पन्न मुलुकको रुपमा सगर्व स्थापित छ। हाम्रो देशले ईतिहासको कुनै कालखण्डमा पनि बिदेशीको गुलामी स्विकार गरेको छैन; आफ्नो अखण्डता र सार्वभौमिकता माथिको आक्रमण लाई सहेको छैन। भूगोल र जनसंख्याका हिसाबले छिमेकी मुलुकहरु ठूला भए पनि राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको रक्षाको लागि हामीले विश्वमा कीर्तिमान कायम गरेका छाैं। यसका लागि जस्तो सुकै त्याग वलिदान गर्न पनि सम्पूर्ण  देशभक्त नेपालीहरु एक छौं। साथै हाम्रो पराक्रम र वीरताका अगाडि आफूलाई अजेय ठान्ने मुलुकका शासकहरु समेत नतमस्तक बनेको इतिहास जगजाहेर छ।

छिमेकीहरु प्रतिको हाम्रो सद्भाव र सहिष्णुतालाई कमजोरी ठानी हामीलाई अपमान गर्ने, हाम्रो भूभाग अतिक्रमण र कब्जा समेत गर्ने कार्य भारत सरकारबाट पटक पटक भैरहेको छ। हाल कोभिड-१९ बाट विश्वले ठूलो संकट बेहोरिरहेको छ। यस संकटबाट भारत पनि आक्रान्त छ। यस्तो प्रतिकुल परिस्थितिमा आफूलाई संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक ठान्ने भारत सरकारले सडक निर्माणको निहुँमा हाम्रो भुुूभाग कब्जा गरिरहेको छ। अनि यो उसकै भुुूभाग भए जस्तो गरी तमाम ऐतिहासिक प्रमाण र दस्तावेज हरूलाई नकार्दै निर्लज्ज अभिब्यक्ति दिइरहेको छ। हामी भारत सरकारको यस्ता अतिक्रमणकारी  कार्य,अनुत्तरदायी अभिब्यक्ति र हेपाहा चरित्रको घोर बिरोध,निन्दा एवम् भर्त्सना गर्दछौं। साथै, हाम्रो भूमि कब्जा गर्ने कार्य तुरुन्त बन्द गरी आफ्ना सेना तथा एजेन्सीहरुलाई हाम्रो भूभाग- बाट शीघ्र फिर्ता लैजान जोडदार आह्वान गर्दछौ। अन्यथा हाम्रो भूभाग र अखण्डताको रक्षाको लागि जुनसुकै कदम चाल्न पनि हामी सम्पूर्ण देशभक्त नेपालीहरु वाध्य हुने जानकारी दिन चाहन्छौं। साथै, नेपाल सरकारको निरिहता, लाचारी र उदासिनताप्रति खेद प्रकट गर्दै हामी आफ्नो राष्ट्रको स्वतन्त्रता, सार्वभौमकता र अखण्डताको रक्षाका लागि हिम्मत र आत्म- विश्वासका साथ प्रस्तुत हुन देशभक्त नेपाली जनताजनार्दन समक्ष हार्दिक अपिल गर्दछौं।
धन्यवाद!

१.नेपालीकांग्रेस (बि.पि.), महामन्त्री
–सुशील मान शेरचन                              २.नेकपा(माले), स्थायी कमिटि सदस्य
–कृष्ण राना
३.नेपाल समाजवादी काँग्रेस, सचिव
–मान बहादुर गुूरूङ्
४.जनसमाजवादी पार्टी नेपाल, उपमहासचिव – डम्बर बिक्रम कार्की
५.नेकपा (संयुक्त), सचिव – मधु बि.सी.
६. नेपालवाद पार्टी, महासचिव
— दिपक कुमार शर्मा 
७.राष्ट्रिय पुनर्जागरण अभियान नेपाल, प्रवक्ता – निमकान्त पाण्डे                       ८.सर्वहारा नेकपा माओवादी, अध्यक्ष
– भावना विद्रोही                                   ९. नेपाल समाजवादी पार्टी, उपाध्यक्ष       -रामशरण पाण्डे                                      १०. ग्रेटर नेपाल,सदस्य–तिलक बहादुर महत                          
११.स्वतन्त्र नागरिक समाज –श्रीराम घिमिरे

मिति :- २०७७ जेठ ३ गते, काठमाण्डौ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!