Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारत-नेपालको सम्बन्ध सुधार लामो अवधिको सोंच अनि विश्वास राखेर दुई देशमाझ सम्बन्ध सुधार गर्नुपर्छः विमल गुरुङ


गान्तोक, 29 मई। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले वर्तमान भारत – नेपाल अनि भारत – चीनको सम्बन्धमा तिक्तता आएकोबारेमा देशको प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहलाई पत्रचार गरेका छन्। उनले यो ई मेल मार्फत पठाएका पत्रमा भनेका छन्, १.५ करोड भारतीय गोर्खाहरुको पक्षमा यो वैश्विक महामारीको समयमा देशको नागरिकहरूको सुरक्षाको निम्ति हजुरले देखाउनु भएको भिजन, मिशन अनि समर्पणको म सराहना गर्दछु। हजुरको कुशल नेतृत्वको कारण नै आज देशमा यो कोविड १९ महामारी विश्वको अन्य विकसित देशहरूको तुलनामा धेरै हदसम्म रोकथाम भएको छ।
उनले भनेका छन्, हामी दुःखित छौं कि एउटै सभ्यता – एउटै संस्कृति – एउटै भाषिक पृष्ठभूमि रहेको दुर्इवटा देश भारत अनि नेपालको सम्बन्ध अहिले तनावग्रस्त बनेको छ। म विश्वास गर्छु कि भारत र नेपालको सम्बन्ध सुधारको निम्ति लामो अवधिको सोंच अनि विश्वास राखेर साथै दुई देशको व्यक्ति – व्यक्ति माझको सम्बन्ध सुधार गर्नुपर्छ। भारत अनि नेपाल देशबीच यो सम्बन्धको तिक्तता त्यतिबेला विजारोपण भएको थियो कि जब १९८९ मा सोनिया गाँधीलाई पशुपतिनाथ मन्दिरको परिसरमा प्रवेश गर्नबाट रोक लगाइयो। त्यसरी नै २०१५ को महाभूकम्प पछि भारत अनि नेपालको सिमाना बन्द गरिएको कारणले पनि नेपाली नागरिकहरूको मनमा भारतीयहरू प्रति घृणा जागेको हो। म हजुरलाई अहिलेको संकटलाई समग्रमा हेरिदिने बिन्ती टक्राउँछु अनि अहिलेको संकटको समाधानको निम्ति ट्रयाक – २ कुटनीतिक माध्यमहरू अपनाउनको निम्ति विनम्र अनुरोध गर्दछु ताकि दुई देशको नागरिकहरू माझ असल सम्बन्ध स्थापित हुन सकोस, उऩले पत्रमा उल्लेख गरेका छन्।
उनले अझ भनेका छन्, समयकालमा नेपालको नागरिकहरुले धार्मिक इतिहासलाई अनुसरण गर्दै भारतसँग राम्रो सम्बन्ध स्थापित गर्न चाहन्छन् भन्ने कुरामा म विश्वस्त छु जो अहिले कतिपय राजनीतिज्ञहरुको स्वार्थको कारण अलपत्र छन्। सिक्किमको सिमानामा अनि लदाखको सिमानामा भारत – चीनको झगडाबारेमा म हजुरलाई यो आश्वस्त गर्न चाहन्छु कि १.५ करोड भारतीय गोर्खाहरु देशको एकता अखण्डता राष्ट्रियता एवं सिमाना बचाउनको निम्ति आफ्नो ज्यान दिन सदैव तयार रहनेछन् – अन्तिम श्वास सम्म आफ्नो मातृभूमिको निम्ति लड्नेछ।
अन्तमा उऩले थपेका छन्, म फेरि हजुरलाई यस कठिन परिस्थितिमा पनि सकुशल नेतृत्व दिनु भएकोमा धन्यवाद दिन चाहन्छु साथै हजुरको सरकारको साथ रहेको अवगत गराउन चाहन्छु।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!