Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारत नेपाल सीमा चिवा भञ्जाङको अन्तरराष्ट्रीय सीमानामा कोविड 19 रोक्न कडा निगरानी


गेजिङ, 7 मई। कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न सरकार, विभाग साथै सम्पुर्ण नागरिकले आ- आफ्नो तरिकाले सतर्कता अप्नाइ रहेका छन्।

यसै बीच भारत-नेपालको अन्तर्राष्ट्रिय सिमा क्षेत्रहरु तथा अन्तरराज्यको विभिन्न नाकाहरुमा निरन्तर गस्ती लगाएर सुरक्षाकर्मी र अर्धसैनिक बलका जवानहरुले 24 घण्टा खटेर सुरक्षा गरिरहेका छन्। यसै सन्दर्भमा आज मिडिया मार्फत भारत नेपाल सिमा क्षेत्रको चिवा भञ्ज्याङ्को नाकामाथी विभिन्न जानकारी लिएका छौं।

पश्चिम सिक्किमको उत्तरेदेखी लगभग चार घण्टाको पैदल यात्रा गरि भारत नेपालको सिमा क्षेत्रमा पुग्न सकिन्छ जुन सिमाना सिक्किम राज्यसंग जोडिएको पूर्व नेपालको अन्तर्राष्ट्रिय सिमा क्षेत्र हो। लगभग 10 हजार 300 फिटको उचाइमा रहेको यस क्षेत्रमा अहिलेको मौसममा पनि धेरै चिसो छ। यो सीमाना एसएसबी जवान र सिक्किम सशस्त्र पुलिसका सुरक्षाकर्मीहरु तैनाथ छन्। विश्व त्रासित बनेको महामारी कोविड १९ लाई ध्यानमा राख्दै उनीहरुले पनि सिमा क्षेत्रली कडा सुरक्षा दिएको एसएसबीका एएसआइ जीडी रमेश चंदले बताउँछन्।

Insert your Ads code here

विश्वव्यापी महामारीलाई रोक्न साँच्चै नै सिमा क्षेत्रमा खटेका जवानहरुको पहिलो अहम् भूमिका रहेको छ। आफ्नो परिवारसम्मलाई समय दिन नपाइ देशको सुरक्षामा जुटेका जवानहरुको अवस्थाका साथै सीमा क्षेत्रमा कुनै फोनको पनि नेटवर्क नहुने भएकोले सम्पर्क दुरी रहने देखिन्छ। यस सीमा क्षेत्रमा भने कुनै गाडीहरूको ब्यवस्था नभए पछि पैदल यात्रा गरेर नै जवानहरु सिमानामा जुटेका छन् ।उता नेपाल तर्फ सडकको व्यवस्था भए पनि यता सिक्किम तर्फबाट सडकलाई सीमा तर्फ लैजाने काम भइरहेको छ।तर सडकलाई सीमा क्षेत्रमा पुर्याउन अझै केही समय लाग्ने देखिएको छ।

जवानहरुको निम्ति रासिन पानी र आवश्यक खाद्यान्न सामाग्री सीमानाको अन्ति गाउँ उत्तरे बजारबाट चौरी र घोडालाई बोकाएर सीमा क्षेत्रमा पुर्याउने काम यथावत नै छ। अहिलेको समय पनि सामाजिक दुरीलाई नियमित लिँदै आवश्यक सामाग्रीहरु सीमा क्षेत्रमा पुऱ्याएको पाइएको छ। यस महामारीलाई ध्यानमा राख्दै राज्यका सशस्त्र पुलिसका जवानहरु पनि सिमानामा तैनाथ रहेर नागरिक सुरक्षा साथै देशको सुरक्षामा अहिलेको अवस्थाबारे पुष्प दास गुरुङले बताए।

यस्तै प्रकारले सिमा क्षेत्रमा नेपाल – भारतको जुन सम्बन्ध छ त्यसलाई पूर्ण कायम गरि यस सीमाबाट आवत जावत पूर्णरुपले बन्द गरेको पाइएको छ। नाकाबन्दी लगाएर सुरक्षाकर्मीहरु 24 घण्टा तैनाथ रहेको पुष्टि भएको छ। अर्कोतिर यस ठाउँमा सुरक्षा कर्मीहरुलाई खाद्यान्न सामाग्री पुऱ्याउने कार्य चौरीको माध्यमबाट भइरहेको छ। यसबाहेक उत्तरे निवासी लालहाङ सुब्बा साथै अन्यले पनि चौरी भारी बोक्नका लागी यस महामारीमा सहयोग गरेका छन्।
(केएन शर्मा)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!