Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारत र चीनमा अड्किएका नेपालीलाई प्रवेशका लागि आवागमन स्वीकृति


नेपाल सरकारले कोभिड १९ को जोखिम न्यूनिकरणका लागि बन्द गर्दै आएको अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म जारी राख्ने निर्णय गरेको छ। तर भारत र चीनमा समस्यामा परेका नेपालीलाई प्रवेशका लागि थप ३ नाकामा आवागमन स्वीकृति दिइएको छ। सोमबार बसेको मन्त्रिपरिद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाका सबै विन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट असोज ३० सम्म प्रवेश निषेध गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । कोरोना संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय यही भदौ ३१ सम्म कायम थियो।

कान्तिपुर अनलाइनका अनुसार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले सबै अन्तर्राष्ट्रिय नाकाहरुमा प्रवेश निषेध गरिए पनि समस्यामा परेका नगारिकलाई निश्चित नाकाबाट आउन दिने बताउनुभयो। उहाँले यसअघि छिमेकी देशहरुबाट १० वटा नाकाबाट समस्यामा परेका नेपालीलाई प्रवेश दिइएकोमा सोमबारको बैठकले थप ३ नाकालाई आवागमनलाई स्वीकृति दिइएको जानकारी दिनुभयो।

प्रवक्ता ज्ञवालीले भारतमा समस्यामा परेका नागरिकलाई थप दुई नाकाबाट प्रवेशका लागि स्वीकृति दिने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाँट नाकाबाट समेत अब नेपालीहरु स्वेद फर्कन पाउने बताउनुभयो। यसअघि भारतबाट १० नाकाबाट प्रवेश अनुमति थियो। मन्त्री ज्ञवालीले चीनतर्फ रसुवागढी प्रवेश विन्दुबाट समेत समस्यामा परेका नेपालीलाई आउन दिने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिनुभयो।

Insert your Ads code here

यसैबीच सरकारले समस्यमा परेकाहरुलाई रसुवागढी नाकाबाट आउन निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनतर्फको रसुवागढी नाकाबाट समस्यामा परेका नेपाली नागरिकहरुलाई आउन दिने निर्णय गरेको हो।

सरकारले असोज ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। दार्चुलाको खलंगा पुलघाट र इलामको पशुपति नगर नाका आवश्यकता अनुसार दुवै देशको सहमतिमा खोल्न सकिने निर्णय पनि सरकारले गरेको छ। सरकारले अन्य १० नाकाबाट प्रवेश दिइरहेको छ।

यस्तै सरकारले विकास आयोजनामा आवश्यक पर्ने प्राविधिक जनशक्ति विदेशबाट ल्याउनका लागि पनि अनुमति खुला गरेको छ । त्यसका लागि पीसीआर परीक्षण गरी रिपोर्ट नगेटिभ हुनुपर्ने आयोजनाले व्यवस्था गरेको क्वरोन्टिनमा बस्नुपर्ने सर्तहरु राखिएको छ। यस्तै, हिमाल आरोहण र पदयात्राका लागि नेपाल आउने विदेशी नागरिकहरुलाई कार्तिक ३० गतेबाट (अक्टोबर १७) अनुमति दिने निर्णय पनि सरकारले गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!