Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारत सरकारले चीन सम्बन्धमा लिएको सबै निर्णयलाई सिक्किमको पूर्ण समर्थन रहेको मुख्यमन्त्रीले बताएका छन्- एसकेएम


गान्तोक, 20 जून। भारत चीनको लद्दाखमा भएको विवादपछि देशका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ गरेको सर्वदलीय वैठकमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले देशको प्रत्येक निर्णयमा सिक्किम साथमा रहेको प्रधानमन्त्रीलाई प्रतिबद्धता जायर गरेको अनि देशले गरेको हरेक निर्णयमा सिक्किमेको साथ रहने देशको अघि जानकारी गराएको सत्तारूढ एसकेएम पार्टीले बताएको छ। शनिबार एसकेएम मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ताद्वय सीपी शर्मा र जेकब खालिङले प्रधानमन्त्रीसित भएको वैठकमा सिक्कमको पक्षबाट मुख्यमन्त्रीले राखेका कुरा र प्रधानमन्त्रीले बताएका कुराहरू सार्वजनिक गरे।
प्रवक्ता खालिङले एनसीपीको नेता सरद पवर पछि दोस्रो वक्ताको रूपमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सम्बोधन राखेका अनि उनले देशलाई आवश्यक परेको खण्डमा सबैप्रकारको सहयोगको निम्ति सिक्किम तयार रहेको प्रतिसूती राष्ट्रलाई दिएको बताए। यसैक्रममा आवश्यक परेको खण्डमा अनि युद्धको स्थिति भएको खण्डमा सिक्किमको एकमात्र राष्ट्रिय राजमार्गलाई सेनाको निम्ति पूर्ण खुल्ला गर्ने अनि सिक्किमबाट केवल आपतकालिन वाहनहरूमात्र चलाउने प्रतिसूती राष्ट्रलाई जनाइसकेको बताए।
अर्कोतिर सिक्किमको सीमाहरूमा तैनात रहेका भारत तिब्बत सीमा क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणको निम्ति रहेको अढ्चनहरू समाप्त गरेर अब सबैप्रकारको निर्माण सुचारु गराउन राज्य सरकार तयार रेहेको बताए। यसरी नै भारतीय सेनाको निम्ति आवश्यक पूर्वाधार निर्माणको निम्ती सीमावर्ती क्षेत्रमा सबै सहयोग गर्ने पनि मुख्यमन्त्रीले प्रतिबद्धता जायर गरेको प्रवक्ता खालिङले बताए।
यसैगरी वैठकमा मुख्यमन्त्रीले अहिले देशभरी चर्चाको विषय बनेको चीनीयाँ उत्पाद बहिष्कार गर्ने सुझाउ आफ्नो मन्तव्यमा राखेको अनि देशले चीनीयाँले बनाउने उत्पाद सरह आफ्नै उत्पादन शुरु गर्नुपर्ने र स्वनिर्भरको दिशा अवलम्बन गर्नुपर्ने सुझाउ राखेको बताए। जसलाई वैठकमा सबै वक्ताहरूले समर्थन जनाएको प्रवक्ता खालिङले जनाए।
अर्कोतिर सीमावर्ती क्षेत्रहरूमा बसेका आम नागरिकहरूलाई हटाउने कुनै समय नआएको अनि सिक्किमको डोकलाम र लोनाक्लामा भएको झमेला पछि भने अहिले सिक्किमको अन्तर्राष्ट्रिय सीमामा कुनै तनाउ नरहेको पनि उनले बताए। अर्कोतिर प्रधानमन्त्री मोदीले अहिलेगडी भारतको कुनैपनि अन्तर्राष्ट्रिय सीमामा चीनीयाँको प्रभाउ नरहेको सकारात्मक खबर बताएको उनले अवगत गराए। यसका साथै राष्ट्रिय राजमार्गमा सेनाले उपयोग गर्नुरेको खण्डमा सिक्किमले साथ दिने कुरालाई जोड दिएर बताए।
अर्कोतिर प्रवक्ता सीपी शर्माले सिक्किमको एसटीएनएम कोविड अस्पतालबाट 16 जना बिरामी निको भएर गर गएको खबर दिए भने उनले कोविड-19 सित लड्न सिक्किमे जनताले जसरी समर्थन जनाए अहिले भारत चीन विषयमा उठेको राष्ट्रिय समस्यासित लडन पनि सिक्किमे जनताले सहयोग गर्ने आशा राखेको बताए। 16 जना कोविड-19 बिरामी निकोहुनु सिक्किमेहरूको निम्ति खुशीको कुरो रहेको पनि जनाए। यसका साथै उनले सर्वदलीय बैठकमा सिक्किमले राष्ट्रको पक्षमा सबैकार्य गर्ने प्रतिबद्धता जनाउँदै राज्यका मुख्यमन्त्रीले दिएको प्रतिसूती बारे पनि अवगत गराएका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!