Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

भारत सरकारले सिक्किम लुटेपछि कुकर्म लुकाउन 371 एफ दिएको अहिले आफैले तोड्दैछः भरत बस्नेत


गान्तोक, 8 जुन। सिक्किममा सत्तारूढ एसकेएम पार्टीले सिक्किमको पुरानो कानुन 371 एफ अक्षुण राख्ने बाचा गर्दै सत्तामा पुग्ने पार्टीले आफ्नो कार्यकालमा बारम्बार 371 एफको उलङ्घन गरिरहेको तथा भारतीय जनता पार्टी र एसकेएमको गठबन्धनको सरकारले सिक्किमको अस्तित्व ताकमा राखेर राजनीति गरेको सिक्किम प्रदेश कांग्रेस अध्यक्ष भरत बस्नेतले गम्भीर आरोप लगाएका छन्। कांग्रेस मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्रीका सल्लाहकार प्रवक्ताहरूले शुरुमा 371 एफ लाई सुरक्षा गर्छौं अनि कसैले हल्लाउँदैन भन्नेले अहिले एक राष्ट्र एक राशनकार्ड कसरी लागु गऱ्यो भन्दै सरकारलाई प्रश्न गरेको छ।
उनले भने, एसकेएम भाजपाको गठबन्धन शासनमै एक राष्ट्र एक नागरिक एक राष्ट्र एक राशन कार्डमा साम्मिलत गऱ्यो। पूर्वको भारत सरकारहरू, वर्तमान र भविष्यको सरकारलाई सिक्किम प्रदेश कांग्रेस अध्यक्षको हैसियतमा भन्दैछु भारतको संविधानको 35 औं संसोधन गरेर 1975 फरवरी सिक्किमलाई सम्बद्ध राज्य बनाएको थियो। 36औं संसोधन गरेर 371 एफ अक्षुण राखेर संविधानमा सुरक्षित छ। तर 35औं होस की 36औं होस या त 371 एफ सिक्किमको जनताको माग होइन, कहिले माग गरेको थिएन किनभने भारत सरकारले एउटा देशलाई गाब्दा यसो गरेको हो। सिक्किम भारतमा विलय भएको होइन यो देश लुटिएको थियो। लुटेपछि 371 एफ ल्याएको हो, उनले भने। 371 एफ ल्याउँदा संसदमा सिक्किमको कुनै प्रतिनिधि नभएको अनि वाई बी चौहानले ल्याएको जानकारी दिँदै भारत सरकारले आफ्नो कुकर्म लुकाउन धारा 371 एफ ल्याएको थियो भनी दाबी गरे। उनले भने, 371 एफ सिक्किमको एकैजनाले पनि उलंघन गरेको छैन भारत सरकालले गर्दैछ। एक राशिनकार्ड एक देश भाजपा सरकारले ल्यायो एसकेएमले सत्तामा जानको निम्ति 371 एफ को अक्षुण राख्छौं भनेर कसम खाएको थियो भने उनीहरूको शासनमा बार बार उलंघ्घन गरेको छ। यो 371 एफ को उलंघन हो तथा रिप्रेजेन्टेशन सिक्किम सब्जेक्ट एक्ट 1974 ले सिक्किम सब्जेक्टले मात्र सिक्किममा भोट हाल्न पाउने र लड्न पाउने कानुन सुनिश्चित गरेको छ। यसैगरि जनता पार्टीकोसरकारले सिक्किमको उढाएको दाबी गरे। यसैगरि सिक्किमको राजनैतकि पार्टीले उढाएको होइन भारत सरकारले 1979 मा सिक्किमेको मूल अधिकार उडाएर अहिलेसम्म गैर संवैधानिक सरकार चलाइ रहेको छ आरोप लगाए।
नोटबन्दीको समयमा सिक्किम अन्य भारतीय जस्तो होइन भनेर पहिलेको गृह मन्त्री राजनाथ सिंहले पनि भनेको भन्दै अहिलेको सरकारले बुझ्नुपर्ने बताए। सत्ता आउने जाने तर संवैधानिक हक अधिकार अस्तित्व मासिनु हँदैन भन्दै सिक्किम भारतमा गाबिएको एउटा बाचामा हो र एक देश एक राशनकार्ड लागु गर्नु उक्त बाचा 371एफको उलङ्घन हो भनी ठोकुवा गरे।
अहिले विश्व राजनीतिमा सबैले बोलिरहेको छ भन्दै तिब्बतको लागी अमेरिकाको सिनेटर 246 मा 245 ले आवाज उठाउँदैछ हङ्कङको लागि बोल्दैछ। भविष्यसम्मको राजनीतिज्ञहरूले बुझ्नुपर्छ सत्ता सकिन्छ मुद्दा सकिन्दैन् भारत सरकारले 371 एफ दिएको हो भने अहिले त्यसमाथी आक्रमण पनि भारत सरकारले नै गर्दैछ। संविधानले बीएल र संघ सीट नमाने पनि 371 एफले गर्दा बाचेको छ अहिले 2003 सालमा ट्राइबल पाएको लिम्बू तामाङले सीट पाएन त्यो पनि भारत सरकारले 1979 मा 371 एफ उलंघन गरेर नै यो स्थिति ल्याएको हो नत्र पाउने थियो भन्ने दाबी गरे।
उऩले भारत सरकारले एसकेएम सरकालाई प्रश्न गर्दै भने, देशको ठूलो राज्यमा नलागि सिक्किममा एक देश एक राशनकार्ड लागु गऱ्यो त्यसमा एकनम्बर दोषी भाजपा हो भने दोस्रो नम्बर दोषी सिक्किमको सुरक्षा गर्छु भनेर सत्तामा आउने एसकेएम सरकारले हो तर अहिले कसरी यो कानुन लागु गर्न स्वीकृति दियो ? उनले भने, राजनीति केवल सत्तालाई हेरेर मात्र नगरिदिनुहोस देश विलाएर भारतको अङ्ग भएको हो देश बिलाएर आफ्नो अस्तित्व विलाउनु हुँदैन आफ्नो अस्तित्व मासेर के को लागी राजनीति गर्नु पेटको लागी मात्र राजनीति गर्ने आत्मसम्मानविनाको राजनीतिलाई थुक्छु उनले भने।
उनले आरसी पौडेलको मामिला हार्नुको मुख्य कारण रेप्रेजेन्टेशन सिक्कम सब्जेक्ट एक्टको कारण हारेको हो अनि 26 अप्रेल 1975 मा विलय भएको 26 अप्रेल 1977 सम्म संसोधन गर्नु सक्थ्यो 1979 मा संसोधन भयो हाम्रो अधिकार गयो। सिक्किममा विधायक हुन पनि सिक्किम सब्जेक्टधारी मात्र हुने पुरानो कानुनले भनेको छ भने पछि भोटहाल्ने अधिकार पनि त्यही हो। भारत सरकारले त्यहीं कुराको उलङ्घन जनता पार्टीको सरकारले गऱ्यो भने अहिले एक राष्ट्र एक राशनकार्ड लगाएर भाजपा सरकारले फेरि उलङ्घन गरेको छ। नेताहरू केही बुझ्न नचाने केवल सत्ताको मोज गर्नमात्र चाहन्छन् भनी आरोप लगाए। उनले भने सत्ताको थपड्डी मार्न सजिलो हुन्छ तर भविष्य र अस्तित्वको निम्ति राजनीति गर्नुपर्छ युवा पिडीले यो बुझेर अघि आउनुपर्ने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!