Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारत सरकारले 371 एफमाथि गिद्धे नजर लगाउँछ भने भारत सकारको लागी पनि यो सङ्कट हुनसक्छः केबी राई


गान्तोक, 20 सितम्बर। सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) अध्यक्ष केबी राईको भिडियो बयान जारी गर्दै सिक्किमेको सुरक्षा भाजपाको कारण खतरामा पर्दै गरेको आरोप लगाएका छन्। उऩले भनेका छन्, 140 करोड भारतीयबाट छुट्टै राख्छ त्यो धारामाथी दिनप्रतिदिन कालो बादल लाग्दैछ । सिक्किमको सुरक्षाको निम्ति लघु संविधान रहेको छ त्यसलाई भाजपाको क्रियाकलापले खतरामा पारेको छ। 371 एफ सिक्किमको आत्मलाई सुरक्षा गर्ने संविधान हो। सिक्किमको निम्ति खतरा राष्ट्रिय पार्टी भाजपा हुनसक्छ किनभने एक राष्ट्र एक संविधान एक देश एक राशन कार्ड भाजपाको मूल मन्त्र छ त्यसको तारोमा सिक्किमको 371 एफ हुनेछ, उनले भनेका छन्। यसैगरि अध्यक्ष राईले भनेका छन्, एसआरपीको धेय देशमा यो लागु हुनुहुँदैन भन्ने होइन तर सिक्किमलाई खतरामा पार्नु हुँदैन भन्ने मन्तव्य सितै राज्य सरकारको आगामी 21 सितम्बरको दिन हुने विधानसभा सत्रमा यसको सुरक्षाको निम्ति कार्य भएको हुनुपर्छ भनी माग गरेका छन्। उनले भने, भारतले नै सिक्किमको सुरक्षा दिन प्रदान गरेको 371 एफमाथि गिद्दे नजर लगाउँछ भने भारत सकारको लागी पनि यो सङ्कट हुनसक्छ। 371 एफ हटाउनु सोच्छ भने सिक्किमको लागी संकट हुन्छ भने भारत सरकारको लागी पनि संकट हुन्छ जनमतमा सिक्कम भारतको भएको हो तर जनमत परिवर्तन भएमा भारतको निम्ति संकट हुन्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!