Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारत स्वाधिनता आन्दोलनको प्रथम गोर्खा सहीद मेजर दुर्गा मल्लको 107औं जन्म जयन्ति पालन


नयाँ दिल्ली, 1 जुलाई। भारतको स्वाधिनताको निम्ति विदेशी हुकुमत विरूद्ध लडेर हाँसी हाँसी फाँसीको तख्तामा चड्ने वीर अमरसहीद मेजर दुर्गा मल्लको 107 औं जन्म जयन्ती भारतको विभिन्न प्रान्तमा पालन गर्दै सहीद मल्ललाई सम्मान र श्रद्धाञ्जलि अर्पण गरियो। भारतीय गोर्खाहरूको संगठन भारतीय गोर्खा परिसंघले अमसको डिमा हासवमा दुर्गा मल्ल जयन्ती पालन गऱ्यो। पूर्वोत्तर क्षेत्रका महासचिव लाक्पा लामा अऩि भागोपका सदस्यहरूले आइएनए आजाद हिन्द फौजका सहीद मेजर दुर्गा मल्लको न्यी तिमबुङ गाँको उमरोङसोमा उनको प्रतिमामा माल्यापर्णसितै जन्म जयन्ती पालन गरिएका थियो।

1 जुलाई 1913 मा उत्तराखण्डको देहरादुन डोइवाला गाउँमा जन्मिएका दुर्गा मल्लले सुवास चन्द्र बोसको नेतृत्वमा गठित आइएनएमा स्वाधिनता आन्दोलन लडेका थिए। उनलाई ब्रिटिस सरकारले 25 अगस्त 1944 मा नयाँ दिल्लीमा फाँसी दिएको थियो। भागोपले यसदिनलाई बलिदान दिवसको रूपमा पालन गर्ने गर्दछ। भागोपकै पहलमा भारतको संसद भवनको परिसरमा 2004 सालमा सहीद दुर्गा मल्लको पूर्ण कदको सालिग निर्माण गरिएको छ। जसको उद्घाटन तत्कालिन प्रधानमन्त्री डॉ. मनमोहन सिंहले गरेका थिए।

यसैगरि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले पनि सन्देश जारी गर्दै भनेका छन् आज स्वत्रन्तता सेनानी मेजर दुर्गा मल्लको जन्मतिथिको अवसरमा सम्पूर्ण गोर्खाको पक्षमा म वहाँलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उनले आजाद हिन्द फौजमा खुबै जिम्मावरीको भूमिका निर्वाह गरेका कारणले नै उनलाई मेजर पद प्राप्त भएको थियो – उनी खुफिया जानकारी जुटाउन एकदमै माहिर थिए। यहि सिलसिलामा उनी पक्रा परेपछि उनलाई फाँसी दिइएको थियो। उनको बलिदानलाई आज हामी गोर्खाहरुले मात्र होइन तर सम्पूर्ण देशवासीले नै गौरवको रुपमा मूल्यांकन गर्ने गर्दछ।

मेजर दुर्गा मल्लको सर्वोच्च बलिदानको अघि हाम्रो शीर सधैं गर्वले नतमस्तक बन्दछ। उनी हाम्रो प्रेरणाको श्रोत हुन्। उनको जन्मतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको स्मरण गर्दछु भनि बताएका छन्।

यसैगरि उत्तर प्रदेशको गोर्खा सहीद सेवा समितिको तत्वावधानमा स्वाधिनता आन्दोलमा आफ्नो प्राणको आहुति दिने अमर सही मगेज दुर्गा मल्लको जन्म जयन्ती गान्धी भवनको स्मृति सभामा आयोजन गरियो। सामाजिक दूरत्वको पालन गर्दै सहीद दुर्गा मल्लको चित्रमा पुष्प अर्पण गरेर भावपूर्ण संस्मरण गरेका थिए।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!